पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइदै

रामेछाप । आज रंगहरुको पर्व फागुपूर्णिमा (होली पर्व) पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइदै छ ।

होली पर्व प्रत्येक वर्ष फाल्गुन शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा हर्षोल्लास पूर्वक मनाउने गरिन्छ । त्यसैगरी भोली तराई तथा भित्री मधेशका जिल्लाहरुमा रङहरुलाई प्रतिविम्वित गर्ने पर्वका रुपमा मनाउने गरिन्छ ।

होली पर्व परम्पराकाल देखी नै असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसीयालीको रुपमा मनाइदै आएको पर्व हो । यस पर्वमा प्रेमभाव र आत्मीयताका साथ साथिभाईहरु बिच एकआपसमा अबिर तथा रङ दलेर रमाईलो गर्दै मनाइने गरिन्छ । सरकारले फागुपूर्णिमा अर्थात् होली पर्वको अवसरमा पहाड र तराईमा गरी छुट्टाछुट्टै दुई दिन सार्वजनिक विदा समेत दिएको छ ।

Scroll to Top