
रामेछाप । रामेछाप नगरपालिका–८ बाबियार्खककी एक १४ वर्षिय बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा सोही गाउँका ३७ बर्षिय भुपेन्द्र भुजेल पक्राउ परेका छन् ।

भुजेलले यहीँ साउन २५ गते दिउँसो दिउँसो १ वजेको समयमा ती बालिकालाई ललाईफकाई गाउँमै करणी गरेको भन्दै बालिकाले आफ्ना अभिभावकसँग घटनाको बिषयमा बताएकी थिइन । सोही बिषयलाई लिएर परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालयमा लिखित रुपमा किटानी जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापवाट खटि गएको प्रहरी टोलीले भुजेललाई उनकै घरवाट पक्राउ गरेको छ । पक्राउ परेका भुजेललाई जर्वजस्ती करणी उद्योग मुद्धामा रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
Post Views: 118