रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–४ दार्खा स्थित दिनेश मगरको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिव ७ लाख मूल्य बरावरको सामान जलेर नष्ट भएको छ ।
शनिवार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा मगरको इट्टा र सिमेन्टको गारो लगाएको जस्ताले छाएको एक तले घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि घर भित्र रहेको नगद ६५ हजार, आधा तोला सुन, अन्नपात,लत्ताकपडा, भाडावर्तन र घर समेत गरी अन्दाजी ७ लाख २१ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगो स्थानिय नागरिक र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ ।
Post Views: 107