घाँस काट्न गएका बृद्ध मृत भेटिए

रामेछाप । गाईबस्तुलाई घाँस काटेर लिएर आउँछु भनेर आइतवार विहान घरवाट निस्किएका एक बृद्ध खरपाखामा मृत अवस्थामा भेटिएका छन् ।

मृतु हुनेमा रामेछाप नगरपालिका–७ सुकाजोरका ६९ बर्षिय नीरवहादुर खड्का रहेका छन् । उनी सुकाजोरको ढिपिडाँडा खरपाखामा घाँस काट्न गएका थिए । घरवाट घाँस लिएर आउँछु भनेर निस्किएका खड्का दिउँसोसम्म घरमा नफर्किएपछि घरका परिवारले उनको खोजी गर्दै खरवारी तर्फ गएका थिए । खरवारीमा खड्का मृत अवस्था फेलापारेपछि उनीहरुले प्रहरीलाई खवर गरेका थिए ।

खरवारीमा घाँस काट्दा काट्दै अकस्मात बृद्धको ज्यान गएको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्र्कष निकालेको भएता पनि उक्त घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी चौकी रामेछापडाँडाले जनाएको छ । हाल मृतक खड्काको शव पोष्र्टमार्टमको लागि जिल्ला अस्पताल रामेछापमा राखिएको छ ।

Scroll to Top