जलाउँदै गरेको शब लिखु नदीले बगायो

रामेछाप । उमाकुण्ड गाउँपालिका–१ गुम्देल स्थित लिखु नदी किनारमा जलाउँदै गरेको शव लिखु नदीले बगाएको छ ।

शनिवार साँझ गुम्देल–१ का मृतक ३२ बर्षिय झपड बहादुर थापाको शव जलाउने क्रममा लिखु–२ जल विद्युत आयोजनाले विद्युत गृहवाट बिना सूचना एकै पटक ड्याम खोलिदिदा जलाउँदै गरेको शब नदीले बगाएको हो । जल्दै गरेको शब चित्ता सहित वगाएको छ । अकस्मात नदीमा बाढी आएपछि शव दाहसंस्कारको लागि नदी किनारमा पुुगेका मलामीहरुको समेत भागदौड मच्किएको थियो ।

साँझको समयमा नदीमा आएको बाढीले नदी किनारमा भागदौड मच्किदा मलामीहरु सम्र्पक विहिन भएका थिए । नदीले शव सँगै मलामीहरु समेत बगाएको आंशका गरिएता पनि सवै मलामीहरु आइतवार बिहान मात्रै सम्र्पकमा आएको स्थानिय राजेन्द्र बस्नेतले जानकारी दिए । उनले भने– जल विद्युत आयोजनाका कर्मचारीको ज्यादतीले गर्दा हामीले नदी किनारमा शव समेत जलाउन पाएका छैनौं । अहिले पनि हराएको शव खोजी कार्यमा जुटेको उनले बताए ।

नदीमा जलाउँदै गरेको शव बगाएको र दाहसंस्कारका लागि गएका मलामीहरु समेत हराएको आंशकामा शनिवार साँझ देखी नै सोलुको किग्जा प्रहरी चौकी र रामेछापको वाम्तीको प्रहरी चौकीवाट शव खोजी कार्यको लागि प्रहरी परिचालन गरिएको छ । स्थानिय र प्रहरीले शव खोजी कार्यमा जुटेपनि अहिलेसम्म शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिए ।

Scroll to Top