नेपाल पूर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा– खत्री

      रामेछाप । नेपाल पूर्व प्रहरी संगठन रामेछापको सदरमुकाम मन्थलीमा शनिवार भएको चौथो जिल्ला अधिवेशनले कुमार खत्रीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रुपमा गठन गरेको छ । 
      नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा रामबहादुर बरुवाल, द्धितिय उपाध्यक्षमा अर्जुन बहादुर खड्का, सचिबमा केशर वहादुर श्रेष्ठ, सह–सचिबमा क्षेत्रबहादुर बुढाथोकी, कोषाध्यक्षमा ढाकल थापा र सह–कोषाध्यक्षमा यादब कुमार खड्का निर्वाचित भएका छन् । त्यसैगरी समितिको सदस्यमा क्रमशः भूपाल थापा, पदम बहादुर श्रेष्ठ, रामजी केसी, सिताराम खड्का, मनमाया नेपाली, हेम वहादुर बरुवाल, कृष्ण बहादुर रानामगर, रत्न थापा र सूर्य नेपाली रहेका छन् । 
      नेपाल पूर्व प्रहरी संगठनको विधान अनुसार क्षेत्रगत र समावेसिताको आधारमा ५ जना सदस्यहरु पछि मनोनित गर्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष खत्रीले जानकारी दिए । उक्त कार्यक्रम संगठनका निर्वतमान अध्यक्ष शरद लामाको अध्यक्ष तथा रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
       प्रमुख अतिथिको रुपमा बोल्दै प्रहरी नायव उपरीक्षक पराजुलीले भूतपूर्व प्रहरीले संगठनमा पुर्याएको योगदानको उच्च प्रसंशा गर्दै उनीहरुको सेवा सुुविधा, बृत्ति विकास र हक अधिकारको बिषयमा आवाज उठाउन पनि संगठनको आवश्यक पर्ने भएकाले यस संस्थाले सत्य सेवा सुरक्षणमा भन्ने प्रहरीको मूल मर्म र भावनालाई आत्मसाथ गर्दै अघि वढ्न समेत उनले नव गठित समितिका पदाधिकारीलाई आग्रह गरे । 
       कार्यक्रममा नेपाल प्रहरीमा भर्ना भई विभिन्न पदमा रहेर सेवा गरेका जिल्लाभरका करिव १ सय भन्दा बढी भूपू प्रहरीहरुको सहभागीता रहेको थियो । 
Scroll to Top