अशक्त र फरक क्षमता भएकाले पाए घरमै नेपाली नागरिकता

रामेछाप । रामेछाप नगरपालिका–५ हिमगंगाका फरक क्षमता भएका र बृद्धालाई जिल्ला प्रशासन कार्यालय रामेछापले शनिवार घरमै पुुगेर नागरिकता प्रदान गरेको छ । 

रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला नेतृत्वको टोलीले फरक क्षमता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारको घरमै पुगेर नागरिकता प्रदान गरेका हुन । उमेरले ७२ वर्ष पुुगेकी सुनुवारको यस अघि रामेछाप नगरपालिका र वडा अध्यक्षले नागरिकता बनाउन प्रयास गरिएपनि अन्य मानिससँग नजिक नपर्ने साथै मोबाइल र क्यामेरा देख्ने विलिेत्तकै भाग्ने भएकाले फोटो खिच्न नसक्दा नागरिकता बनाउन सकिएको थिएन । नागरिकता नबन्दा उनीहरु सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवा सुविधाबाट बञ्चित हुँदै आएका थिए ।
प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालयको टोली घरमै पुगेर नागरिकता प्रदान गरेपछि भक्तमाया सुनुवारकी बहिनी मैया सुनुवारले खुसी व्यक्त गरेकी छिन् । यातायातको सहज पहँुच नहुँदा फरक क्षमता भएका व्यक्ति तथा बृद्धालाई जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सम्भव नभएकाले शनिबारको दिन पारी घरमै पुगेर नागरिकता प्रदान गरेको प्रशासनले जनाएको छ । फरक क्षमता भएका तथा अशक्त व्यक्तिलाई सहज सेवा उपलब्ध गराउँनु राज्यको दायित्व भएकाले जिल्लामा अरु पनि त्यस्ता व्यक्ति भए घरमै पुगेर सेवा दिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताइन ।
नागरिकता प्राप्त गरेका माझी र सुनुवारको सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै प्रक्रिया अघि बढाउने रामेछाप नगरपालिकाकी उप–प्रमुख बालाकुमारी कार्की (थापा)ले जानकारी दिइन । उनले भनिन्–नागरिकता नहुुँदा हामीले सामाजिक सुरक्षा भत्ता र अन्य सेवा सुविधा उपलव्ध गराउन सकिएको थिएन । अब नागरिकता बनेसँगै हामीले उहाँहरुलाई आवश्यक सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरिन ।

Scroll to Top