रामेछाप । थोरै लगानीमा घरमै बसिबसी राम्रो आम्दानी हुने देखेपछि लिखु तामाकोशी गाउँपालीका–६ खिम्ती वेसीमा अहिले व्यवसायीक रुपमा किसानहरुले च्याउँ खेतीको शुरुवात गरेका छन् ।
खिम्ती स्थित जलपादेवी कृषि तथा पशु फार्म मार्फत ५२ पोकावाट शुरुवात गरिएको कन्या जातको च्याउ खेती अहिले दैनिक १ सय केजी उत्पादन हुने गरेको छ । उत्पादित च्याउको माग अत्याधिक मात्रामा भएकाले वजारमा पुर्याउन नसकिएको किसानहरु वताउँछन् । खिम्तीवेसीको च्याउँ अत्यन्त गुणस्तरीय भएकाले वजारमा कन्या जातको च्याउको माग बढेको हो ।
प्रतिदिन १ सय केजी उत्पादन हुने च्याउको वजार मुल्य प्रति केजी १ सय ८० देखी २ सय रुपैयाँसम्म रहेको छ । थोरै लगानीमा धेरै फाइदा हुने च्याउँ विक्रीवाट दैनिक १८ हजार देखी २० हजार रुपैयाँसम्म कमाई हुने गरेको छ । यसरी च्याउँको माग वढ्दै जाँदा खिम्ती अन्य किसानहरु पनि च्याउँ खेती गर्ने तर्फ लागेका छन् ।
अहिले खिम्तीमा उत्पादित च्याउँ जिल्ला सदरमुकाम मन्थली वजार, छिमेकी जिल्ला दोलखाको किर्ने, शहरे र चरिकोटसम्म पुग्ने गरेको किसान भोजवहादुर खडकाले जानकारी दिए । उनले भने–च्याउँको व्यवसाय अत्यन्त राम्रो रहेको छ ।
च्याउँ बिक्रीवाट मासिक ५० देखी ६० हजार रुपैयाँसम्म सहजै कमाई हुने गरेको छ । अझ यसलाई थप विस्तार गर्नको लागि लगानीको समस्या रहेको छ । राज्यले लगानी थपिदिए धेरै मात्रामा गर्ने च्याउँ खेती गर्ने सोच आफुले राखेको पनि किसान खडका बताउँछन् ।
Post Views: 324