रामेछाप । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अहिले विभिन्न राजनितिक दलबाट नेकपा एमालेका नेतृत्व तहका नेता तथा पार्टीमाथी घेराबन्दी गर्ने र आक्रमण गर्ने काम भइरहेको बताएका छन् ।
सो कुरा उनले आइतवार नेकपा एमाले रामेछापले आयोजना गरेको पुष्पलालको ४५ औं स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको श्रद्धाञ्जली सभा कार्यक्रममा बताएका हुन् । कार्यक्रममा बोल्दै नेता पोखरेलले नेपाली जनताको विकास र परिवर्तनको आकाङ्कक्षा नेतृत्व गर्न सक्ने सामथ्र्य एमालेसँग मात्रै भएकाले जनताको विकास र समृद्धिको नेतृत्व गरिरहेको नेकपा एमालेलाई घेराबन्दी गर्ने र नेतृत्व माथि आक्रमण गर्ने जुन प्रकारको दूषित प्रचार भइरहेको बताए ।
त्यसैगरी महासचिव पोखरेलले नेपाली जनताको विकास र समृद्धिको आकाङ्क्क्षामा कुठाराघात भइरहेको भन्दै राष्ट्रको, स्वतन्त्रता, स्वाभिमान र हित विपरीत अन्य कम्युनिस्ट पार्टीहरू आत्मसमर्पण गरेर अघि बढिरहेको आरोप समेत लगाए । कम्युनिस्ट पार्टीहरूले देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका प्रश्नहरूमा अडान लिन सक्नुपर्ने हो । तर नेपालमा कम्युनिस्ट पार्टीका नाममा रहेका अन्य पार्टीहरू राष्ट्रको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका प्रश्नहरूमा आत्मसमर्पण वादी नीति अवलम्बन गदै अगाडी बढिरहेको बताए ।
उनले जनताको विकास र परिवर्तनको आकाङ्क्षालाई नेतृत्व गर्न सक्ने सामथ्र्य राख्ने पार्टी एमाले मात्रै भएको बताए । राष्ट्रको, स्वतन्त्रता, स्वाभिमान र हितका साथै जनताको विकास र समृद्धिको सपना पूरा गर्ने सामथ्र्य एमालेसँग मात्रै रहेको बताए । पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी आज नेकपा एमालेका रूपमा नेपालमा मात्रै होइन विश्व स्तरमै जनताबाट अनुमोदित भएको लोकप्रिय आन्दोलनका रूपमा स्थापित समेत भएको बताए ।
कार्यक्रममा बोल्दै नेता पोखरेलले नेकपा एमाले सरकारमा भएको समयमा पुष्पलालको जन्मस्थान रामेछापको भंगेरीलाई व्यवस्थित गुरु योजनाका साथ अघि बढाएको भए पनि अहिलेको सरकारले कामलाई गति दिन नसक्दा सोचे अनुसारको काम हुन नसकेको बताए । उनले पुष्पलालको जन्मस्थान भंगेरीमा विभिन्न प्रजातीका विरुवाहरु समेत रोपेका थिए ।