रामेछाप काँग्रेस पार्टी एउटै, विपि स्मृति कार्यक्रम छुट्टाछुट्टै

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले शनिवार ४१ औं विपी स्मृती दिवसको अवसरमा आयोजना गरेको बृक्षारोपण कार्यक्रममा दुई छुट्टाछुट्टै स्थानमा भएका छन् ।

पार्टी सभापति पूर्णवहादुर तामाङ (कान्छाराम) को नेतृत्वमा रामेछाप नगरपालिका–८ स्थित पुष्पलालको जन्मभूमी भंगेरीमा नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेर मनाएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पार्टीका प्रमुख सचेतक रमेश लेखकको उपस्थितीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

वृक्षारोपण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख सचेतक लेखकले अहिले पनि विपिको बिचार उत्तिकै सान्र्दभिक रहेको बताए । उनले देशमा भएका अधिकासं परिर्वतनहरु नेपाली काँग्रेसकै नेतृत्वमा भएको भन्दै नेपाली काँग्रेस समृद्ध राष्ट्र निमार्णको लागि पर्ने बताए ।

वृक्षारोपण कार्यक्रममा पार्टी सभापति पूर्णवहादुर तामाङले पार्टीमा गुट उपगुट नभई एकढिक्का भएर पार्टीलाई अगाडी बढाउने धारणा राखे । उनले विपिको सिद्धान्त, त्याग र विचारहरु भुल्न नसकिने बताए । उनले अहिले पार्टी भित्र रहेर पनि पूर्व पार्टी सभापति रामचन्द्र खड्का नेतृत्वको एउटा टिमले पार्टीको विधि, निति बाहिर गएर मनलाग्दी काम गर्दै आएको बताए ।

उता पूर्व पार्टी सभापति रामचन्द्र खड्काले भने हालका पार्टी सभापति कान्छारामले निर्वाचन जितसँगै पार्टी भित्रका जिम्मेवार साथीहरुसँग कुनै छलफल नै नगरी आफुले दाइजोको रुपमा पार्टी पाएको जस्तै गरी एकलौटी ढंगले पार्टी चलाउँदै आएको बताए । उनले भने अहिलेका पार्टी सभापतिले एकल कम्पनी जस्तै गरी पार्टी संचालन गर्दै आएका छन् । पार्टीको पनि विधि, नियम छ । त्यसको कुनै ख्याल नगरी एकलौटी ढंगले पार्टी संचालन गरेकाले वाध्य भएर विपि स्मृति दिवस कार्यक्रम छुट्टै स्थानमा गर्नुपरेको बताए ।

पार्टी भित्रका शिर्ष नेताहरु नै दुई धारमा विभाजन भएसँगै काँग्रेसमा आस्था राख्ने आम कार्यक्रमहरुमा चिन्ता थपिएको छ । पार्टीका नेताहरुले एक अर्कामा आरोप प्रत्यारोप लगाउनुको सट्टा दुवै समुह एक ठाउँमा बसेर आपसी छलफलवाट निकास खोज्नुपर्ने र पार्टीलाई एकढिक्का भएर अघाडी बढाउनु पर्ने आम कार्यकर्ताहरुको माग रहेको छ ।

Scroll to Top