विपी जयन्ती मनाउन डा.शशांक रामेछाप आउने

रामेछाप । नेपाली काँग्रेसका पूर्व महामन्त्री एबं वर्तमान संघिय सांसद डा.शशांक कोइराला रामेछाप आउने भएका छन् ।

११० औं वि.पी.जन्म जयन्तीको अवसर पारेर यहीँ भदौ २४, २५ र २६ गते नेपाली काँग्रेस रामेछापले आयोजना गरेको वि.पी.कोइराला र वर्तमान राजनिती बिषयक विचार गोष्ठिलाई सम्वोधन गर्न कोइराला रामेछाप आउन लागेका हुन् ।

वि.पी.स्मृति भवनमा यहि भदौ २४ गते हुने कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, महाधिवेशन प्रतिनिधि पूर्व कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु पूर्व महाधिबेशन प्रतिनिधिहरु समेत उपस्थिती हुने छन् ।

यस वाहेक क्षेत्रिय कार्य समितिका पदाधिकारी एवं सदस्यहरु ८ वटै पालिकाका पदाधिकारी एबं सदस्यहरु विभिन्न भातृ संगठनका प्रमुख एबं प्रतिनिधिहरुको समेत सहभागीतामा कार्यक्रम गर्ने तयारी भएको नेपाली काँग्रेसका पार्टी सचिव दीपक खड्काले जानकारी दिए ।

Scroll to Top