शान्तिदिप युवा क्लवको अध्यक्षमा–सुरेश

रामेछाप । सदरमुकाम मन्थलीमा रहेको शान्तिदिप युवा क्लवको अध्यक्षमा सुरेश उदाश सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिवार मन्थलीमा भएको शान्तिदिप युवा क्लवको १५ औं साधारणसभा तथा ८ औं जिल्ला अधिवेशनले उदाशलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । उदाश मन्थली देवकोटाचोक टोल सुधार समितिका अध्यक्ष र रामेछाप उद्योग बाणिज्य संघका निर्वतमान सचिव समेत हुन् । उनी यसअघि पनि जिल्लाका विभिन्न संघसंस्थामा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएका अनुभवी व्यक्ति हुन् ।

अधिवेशनले सुरेश उदासको अध्यक्षतामा ११ जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । क्लवको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः श्यामकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, राजु थापामगर र सम्शेर थापालाई चयन गरेको हो ।

त्यस्तै सदस्यहरुमा क्रमशः कल्पना थापामगर, अनिता थापामगर, सरीता चौलागाई, राजेश खड्का र पर्वत विक चयन भएका छन् । त्यसैगरी मनोनियत सदस्यहरुमा क्रमशः शुबास फुयाल, प्रमेश ढुगे‌ल, कमल खत्री, सनम थापामगर, रत्न श्रेष्ठ, पदम कुमार कार्कीलाइ चयन गरेको छ ।

शान्तिदिप युवा क्लवका निर्वतमान अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको १५ औं साधारणसभा तथा ८ औं जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्लाकै पुरानो क्लवको रुपमा चिनिएको शान्तिदिप युवा क्लव केही वर्षदेखी निष्क्रीय जस्तै रहेको थियो । नयाँ कार्यसमिति गठन भएसँगै यस क्लव पहिलाको जस्तै सक्रिय हुने अपेक्षा लिइएको छ ।

Scroll to Top