ओख्रेनीमा निःशुल्क स्वास्थ्य शिविर

रामेछाप । जिल्ला स्वास्थ्य कार्यायल रामेछापको आयोजनामा रामेछाप नगरपालिका–६ ओख्रेनी स्वास्थ्य चौकीमा गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १९६ जनाले सेवा लिएका छन् ।

ओख्रेनीमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुसँगको समन्वयमा स्वास्थ्य कार्यालय रामेछापले शिविरको आयोजना गरेको हो । उक्त शिविरम नसर्ने रोगहरुको सचेतना तथा परीक्षण र स्क्रिनिङ्ग शिविर संचालन गरिएको थियो । त्यस्तै शिविरमा रक्तचाप जाँच,मद्युमेह जाँच लगायत विभिन्न रोगहरुको परीक्षण तथा उपचार गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top