प्रहरी शान्ति सुरक्षाको लागि २४ घण्टा तैनाथ छ–पराजुली

रामेछाप । जिल्लाको शान्ति सुरक्षाको लागि नेपाल प्रहरी २४ घण्टा तैनाथ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले बताए ।

सो कुरा उनले मगंलवार जिल्ला प्रहरी कार्यालय रामेछापमा आयोजित ६८ औं प्रहरी दिवसको अवसरमा बताएका हुन । उनले प्रहरी संगठनले जहिले पनि शिर उचो पारेर आफ्नो कर्तव्य पालना गरिरहेको भन्दै कहीँ कतै कर्तव्य पालना गर्ने क्रममा भुलवस केही कमीकमजोरी भएमा ती कमजोरीलाई आफुसमक्ष जानकारी गराइदिएर सहयोग गरिदिन पनि उनले आग्रह गरे । त्यस्तै जिल्लामा कहीँकतै घटना दुर्घटना भएको थाहा पाउने वित्तिकै प्रहरीको कन्ट्रोल नम्वर १०० मा फोन गरेर टिपाइदिन पनि उपरीक्षक पराजुलीले अनुरोध गरेका छन् ।

उक्त कार्यक्रमको अवसरमा केही दिन अघि जिल्ला प्रहरी कार्यालय रामेछापले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय जिल्ला स्तरीय समुदायमा नेपाल प्रहरीको भूमिका बिषयक निवन्ध प्रतियोगीतामा प्रथम, द्धितिय, तृतीय र सान्तवना हुने क्रमशः मन्थली मावि, सेतीदेवी मावि सालु, सिद्धेश्वर मावि गैराथोक सालु, प्रयागेश्वर मावि पकरवासर भैरवी मावि सुनारपानीका छात्रछात्रालाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा नागरिक समाजका अगुवाहरु, जिल्लाका अन्य सुरक्षा निकायका प्रमुख एबं प्रतिनिधिहरु, विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु पूर्व प्रहरी कर्मचारीहरु, सञ्चारकर्मीहरु, चिकित्सक, कानुन ब्यवसायी लगाएत अन्य सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमवहादर पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले गरेकी थिइन । कार्यक्रमका अवसरमा अमर प्रहरीको स्तम्भमा माल्यार्पण गर्नुका साथै उत्कृष्ठ सेवा गर्ने प्रहरी कर्मचारीहरु र कर्तब्य पालनाका क्रममा शाहदत प्राप्त गर्ने प्रहरी परिवारलाई सम्मान समेत गरिएको थियो ।

Scroll to Top