
रामेछाप । वर्तमान सरकारको राजिनामा माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले शनिवार साँझ रामेछापको सदरमुकाम मन्थलीमा राँके जुलुस प्रदर्शन गरेको छ ।

देश भरका ७७ वटै जिल्लामा एकै साथ राँके जुलुस प्रदर्शन गरिएको भुपू सैनिक संगठनका अध्यक्ष खगेन्द्र खड्काले जानकारी दिए । राप्रपाको पार्टी कार्यालयबाट निकालिएको राँके जुलुसले सदरमुकाम मन्थलीका बजार परिक्रमा गरी देबकोटा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

उक्त कोणसभामा बोल्दै राप्रपा रामेछापका उपाध्यक्ष शिबजी घिमिरेले वर्तमान सरकारमा सुन काण्ड र सहकारी ठगी काण्डमा मुछिएकाहरु पनि सरकारको नेतृत्व सम्हालेर बसेको भन्दै अहिलेको यो सरकारले भ्रष्टाचारीहरु समातेर कार्वाही गर्नुपर्नेमा उल्टै भ्रष्टाचारीहरुको संरक्षणमा लागि परेको आरोप समेत लगाए ।
उनले आफ्नो पार्टीले यहीँ चैत्र २७ गते राजधानी काठमाण्डौंमा बृहत कार्यक्रमको आयोजना गरी वर्तमन सरकारको राजिनामा माग गर्ने बताए । पार्टीले गरेको उक्त विरोध कार्यक्रममा आम नागरिकहरु उक्त कार्यक्रममा सरिक भई वर्तमान सरकारको विरोधमा उत्रन नागरिकहरुसँग आग्रह समेत गरे ।