आज मौसम बदली भई पानी पर्ने

रामेछाप । आज मौसम बदली भई दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

केही दिन अघि देखी देखिएको मौसमा केही सुधार भई मौसम सफा देखिएता पनि आज रातीदेखी मौसममा पुनः बदली भई बर्षाको सम्भावना बढेको छ । हाल नेपालको पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव परेकाले वर्षा हुने सम्भावना बढेको हो ।

पश्चिमी न्यून चापिय प्रणालीसँगै स्थानीय प्रणाली पनि उत्तिकै सक्रिय देखिएकाले आज रातीपछि मध्य र पूर्वका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । आजवाट सक्रिय हुने प्रणालीले यो हप्ता भरी नै प्रभाप पर्ने त्रिभुवन विश्व बिद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा. विनोद पोख्रेलले जानकारी दिए ।

उनका अनुसार आज रातीबाट नेपाल भित्रने प्रणालीले पश्चिम र तराइका विभिन्न स्थानमा वर्षा हुने सम्भावना कम देखिएपनि अन्य भूभाग र उच्च हिमाली भेगमा भने हिमपात हुने सम्भावना देखिएको बताए ।

Scroll to Top