रामेछापको माओवादी पार्टी इन्चार्जमा–श्यामकुमार

रामेछाप । नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय बैठकले नेकपा माओवादी केन्द्र रामेछापको पार्टी इन्चार्जमा पार्टी नेता एवं रामेछापका पूर्व संविधानसभा सदस्य श्यामकुमार श्रेष्ठ “कुशल” लाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी बागमती प्रदेश सचिवालयले रामेछापको अलावा रसुवामा कल्पना शर्मा, धादिङमा पुष्पविक्रम मल्ल, चितवनमा घनश्याम दाहाल, मकवानपुरमा विजय गौतम, सिन्धुलीमा बुद्धिमान माझी, दोलखामा विशाल खड्का र काभ्रेपलाञ्चोकमा तेजबहादुर मिजारलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।

यसबाहेक सिन्धुपाल्चोकमा केशव नेपाल, नुवाकोटमा हिरानाथ खतिवडा, काठमाडौंमा सूर्य सुवेदी पथिक, ललितपुरमा हरि दाहाल, भक्तपुरमा दिलिप प्रजापति, काठमाडौं महानगरमा मुक्तिनारायण प्रधान, ललितपुर महानगरमा राजकाजी महर्जन र हेटौंडा उपमहानगरमा प्रल्हाद लामिछानेलाई जिल्ला पार्टी इन्चार्जको जिम्मेवारी दिएको हो ।

Scroll to Top