रामेछाप । रामेछाप नगरपालिका–५ रामपुर कोलन्जोर घाट स्थित सुनकोशी नदिमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–५ अकोटेका अन्दाजी ५२ बर्षीय बल बहादुर लामा रहेका छन् । लामा केही महिना देखी रामेछापको रामपुर कोलन्जोर घाटमा निमार्णाधिन पक्की मोटरेबल पुलमा ज्यामी काम गर्दै आएका थिए ।
हिजो साँझ पुलमा दिनभर काम गरेर कोठा तर्फ गएका लामा रातको समयमा कोठामा नदेखेपछि उनीसँगै बस्ने अन्य साथीहरुले उनको खोजतलास गरेका थिए । साथीहरुले खोज्दा समेत लामा फेला नपरेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । आज विहान प्रहरी समेतको टोलीले खोजी कार्यमा जुटेको थियो । खोज्ने क्रममा लामाको शब नजीकै रहेको सुनकोशीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
Post Views: 188