कार र स्कुटर ठोक्किदा रामेछापका सुजनको ज्यान गयो

रामेछाप । भक्तपुरमा कार र स्कुटर आपसमा ठोक्किदा रामेछापका एक युवकको उपचारको क्रममा ज्यान गएको छ ।

उक्त दुर्घटनामा परी ज्यान गुमाउनेमा लिखु तामाकोशी गाउँपालिका–४ विजुलीकोट घर भई हाल काठमाण्डौंको माइतीघरमा डेरा लिई बस्दै आएका २३ बर्षिय सुजन तामाङ रहेका छन् । उनी हिजो दिउँसो भक्तपुरको जगातीवाट काठमाण्डौं तर्फ जाँदा भक्तपुरको सुर्यविनायक नगरपालिका–५ सिर्जना नगरमा बागमती प्रदेश नम्बर ०१०३० च ०९९५ नम्बरको कारलाई सोही दिशाबाट जाँदै गरेको बा ७३ प २८३६ नम्बरको स्कुटरले ठक्कर दिँदा चालक तामाङ गम्भीर घाइते भएका थिए ।

उनलाई स्थानिय र प्रहरीको सहयोगमा घटनास्थलवाट उद्धार गरी उपचारको लागि भक्तपुरको मध्यमुर ठिमी अस्पतालमा उपचारको लागि लगिएकोमा उनको उपचारको क्रममा गए राती निधन भएको
झक्तपुर प्रहरी परिसरका प्रहरी नायव उपरिक्षक राजन कार्कीले जानकारी दिए । उनीसँगै स्कुटरमा सवार २३ वर्षीय राज तामाङ पनि घाइते छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Scroll to Top