पार्बती कार्की-
रामेछाप । २० वर्ष पहिला सुकेको पानीको मुल यसवर्ष लगातार रुपमा परेको वर्षाका कारण सुकेको पधेँरामा मुल फुटेपछि मन्थली नगरपालिका–१ दाहालगाउँका उपभोक्ताहरुमा यतिखेर खुशियाली छाएको छ ।
पँधेरामा पानी सुकेपछि वैकल्पीक खानेपानीको जोहो गर्दै आएका दाहालगाउँका नागरिकहरु अहिले पँधेरामा नै पानीको मुल फुटेपछि खुशियाली छाएको मन्थली नगरपालिका–१ का डिलवहादुर सार्कीले जानकारी दिए । उनले भने– पँधेरामा पानी सुकेपछि अन्य गाउँमा एक गाग्री पानि लिन जानु पर्ने वाध्यता थियो भने वस्तुभाउँलाई पानी खुवाउन निकै सास्ती थियो । अहिले गाउँका सुकेका कुवामा धेरै वर्ष पछि पानीको मुल फुट्दा खुशि लागेको बताए ।
अधिकासं गाउँहरुमा खानेपानीको मुहान एकपछि अर्को गर्दै सुक्दै गएका पधेँरा, कुवाहरुमा यसवर्ष धेरै स्थानमा पानीको मुल फुटेको छ । लामो समयसम्म घर नजिकैका पधेँरामा पानीको मुल सुकेपछि बैकल्पीक खानेपानीको खोजीमा रहेका स्थानिय गाउँलेहरु लगातार रुपमा परेको वर्षादले ती पहिलाका कुवा र पधेँरामा पानीको मुल फुटेपछि स्थानिय गाउँलेहरुमा खुशियाली छाएको हो ।
बिगत धेरै वर्षसम्म वर्षादको समयमा पनि प्रयाप्त पर्षा नभएका कारण ग्रामिण भेगहरुमा एकपछि अर्को गर्दै पानीका मुहानहरु सुक्दै गएका थिए । भएको पानीको मुल सुकेपछि काकाकुल बनेको जिल्लाको दक्षिणी भेग अन्तर्गत रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकाका सवै वडा तहहरुमा समेत पानीको हाहाकार नै थियो । पानी कै समस्याका कारण हजारौं उपभोक्ताहरुले खानेपानीको वैकल्पीक खोजीमा जुटेका थिए ।
गाउँमा भएको अलि अलि पानीको मुहानपनि २०७२ सालको विनाशकारी भुकम्पका कारण पानी जमिन मुनी भासिएपछि नागरिकहरु झनै समस्यामा परेका थिए । गाउँमा पानी अभाव भएकै कारण भुकम्पपछि निजी आवास निमार्णमा समेत धेरै समस्या व्यहोर्नु परेको खाँडादेवी गाउँपालिका वडा नं ४ का मानवहादुर श्रेष्ठले जानकारी दिए ।
उनले भने–गाउँमा भएको खानेपानीको मुलपनि सुक्यो । पानी अभावमा गाउँमै धेरैले वस्तुभाउ पनि पाल्न छाडे । प्रसस्तै जग्गा जमिन बेसी तिर हुने त खानेपानी भएको ठाउँतिर बेशी तिर पनि झरे । केहीले जग्गा विक्री समेत गरेर बसाई समेत हिडे । तर आफ्नो भएको पाखो रेखो यतै गाउँमा भएकाले छाडेर कतै जान सकिएन् । जे भए पनि भगवानले ढिलो गरेर भए पनि हेरिदिए । यसवर्ष वर्षा राम्रै भएकाले पुरानो पधेँरोमा पानी पलायो । अहिले त पधेँरोमा नै पानी प्रसस्त छ श्रेष्ठले बताए ।
गाउँमा खानेपानीको मुल सुकेर काकाकुल बनेका उपभोक्ताहरु यतिखेर गाउँमै सुकेका पधेँरामा मुल फुटेपटि उपभोक्ताहरुमा खुशियाली छाएको मन्थली नगरपालिका–४ का वडा अध्यक्ष राजन घिमिरेले जानकारी दिए । उनले भने– यतिखेर गाउँका अधिकासं पधेँराहरुमा पानी प्रसस्त मात्रामा मुल फुटेको छ । अहिले कुनै पनि उपभोक्ताहरु पानी खोज्न गाग्राी बोकेर घरवाट टाढा जानु पर्ने वाध्यता हटेको छ ।
रामेछापको दक्षिणी भेगका रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकाका अधिकासं वडाहरु सुख्खा ग्रस्त भएको र भएका पानीका मुहानहरु समेत सुक्दै गएपछि साविकको जिल्ला विकास समितिले रामेछापका २१ वटा गाउँ विकास समितिलाई सुख्खाग्रस्त क्षेत्र घोषणा समेत गरेको थियो । जिल्ला विकास समितिले घोषणा गरेका ती क्षेत्रमा पानी अभावमा किसानहरुले खेत वर्षेनी वाझै छोड्नु पर्ने अवस्था व्यहोर्दै आएका थिए ।
धेरै स्थानमा सुख्खाग्रस्त क्षेत्र भएकै कारण कोशी खोलाको पानी लिफ्ट प्रणाली मार्फत पानी गाउँका डाँडासम्म पुर्याएर रिजर्भ ट्याक्ङ्ी निमार्ण गरि पानी उपभोक्ताहरुलाई वितरण गर्ने कार्यक्रमहरु शुरुवात भएका छन् । पानी अभावमै सयौं नागरिकहरुले गाउँ छाडेर पानी भएको स्थानतर्फ वसाई सराई समेत गरेका छन् । गाउँमा पानी अभाव हुँदा धेरै गाउँलेहरु जग्गाजमीन वाझै छाडेर कोशीकिनारमा सरेको मन्थली नगरपालिका–६ भलुवाजोरका यज्ञवहादुर बुढाथोकी बताउँछन् ।
२०६० सालदेखी वर्षाद नहुँदा गाउँका अधिकासं पधेरामा पानी पलाउन सकेको थिएन । यसवर्ष ठूलो पानी लगातार रुपमा परेको कारण सुकेका पधेरा र खोलामा समेत पानीको मुल प्रसस्तै फुटेको छ । जताजतै पानीको मुल फुटेपछि खोला आसपास असिअघि वाँझै छाडिएका अधिकासं खेतमा यसवर्ष किसानहरुले धान रोपाई गरेको मन्थली नगरपालिका–४ सालु निवुवावोटेका जयवहादुर खत्रीले जानकारी दिए ।