रामेछाप । उज्यालो पार्टी रामेछापले “सोच बदलौ–भोट बदलौं” भन्ने मुल नाराका साथ मतदातासँग मत माग्न घरदैलो अभियान चलाउँदै आएका उज्यालो नेपाल पार्टीका उम्मेदवार दीपवहादुर योञ्जनले ३६ वर्ष पुराना दलले गर्न नसकेको काम आफ्नो सरकार आएपछि गर्ने बताए ।

सो कुरा उनले वुधवार जिल्ला सदरमुकाम मन्थलीमा पत्रकारहरुसँग भेटघाट कार्यक्रममा बताएका हुन् । उनले पुराना दलहरुले भ्रष्टचार, शुसासन, न्याय र विकास निमार्ण जस्ता कार्यहरु गर्न नसकेकाले भदौ २२ र २३ गतेको जेनजी आन्दोलनपछि आफ्नो पार्टी गठन भएको भन्दै बहुमत दिएर जिताएर सरकारमा पठाए सरकार बनेको केही समय भित्रै सबै कामहरु पुरा गर्ने बताएका छन् ।
मतदातासँग घरदैलो अभियानको क्रममा जिल्लाको क्षेत्र नं १ तर्फका चारवटा गाउँपालिकाका नागरिकसँग साक्षत्कार गरेर आफ्नो टोली सदरमुकाम फर्किको बताए । उनले ग अहिले पनि गाउँमा धेरै समस्या देखिएको बताए । ग्रामिण भेगमा सडकको दुर्दशा छ, स्वास्थ्य, खानेपानीको त्यतिकै समस्या छ । आफ्नो पार्टी सरकारमा गए यी सवै कुराको समस्याको समाधान गर्ने प्रतिवद्धता सँगै आफुलाई जिल्लावाट अत्याधिक बहुमतले मत दिएर निर्वाचित गराउन उनले आम मतदातासँग आग्रह गरे ।


उज्यालो पार्टी नेपाल बहुमत सहित सरकारमा गए कृषिमा आधुनिकीकरण, शिक्षा र स्वास्थ्यमा सुधार र विकास निमार्णको लागि स्थानिय जनसहभागीता गराउने आफ्नो पार्टीको मुल लक्ष्य रहेको उज्यालो पार्टीका केन्द्रिय सदस्य रामकृष्ण लामाले जानकारी दिए । उनले भने– यस पार्टीले भ्रष्टाचारको अन्त्य गरी यसअघि भएका सवै भ्रष्टाचारको छानविन गरी सवै सम्पती जफत गरी राज्य कोषमा जम्मा गर्ने, संविधान संशोधन गर्ने, कानुन परिमार्जन गर्ने र पर्यटन प्रर्वधन, शिक्षा, स्वास्थ्य र विद्युत निःशुल्क गर्ने बताए ।
पहिलो चरणमा क्षेत्र नं १ तर्फ प्रतिनिधिसभा सदस्यका उम्मेदवार योञ्जनको नेतृत्वमा एक टोली र क्षेत्र नं २ मा पार्टी अध्यक्ष अन्जन लामाको नेतृत्वमा एक टोली गरी दुईवटा टोली गठन गरी आम नागरिकको मनसाय बुझ्न गाउँ प्रवेश गरेको पार्टी सचिव राजकुमार मैनालीले जानकारी दिए ।
उनले भने– हामी दुवै क्षेत्रका साथीहरुसँग बसेर जनताका राय सुझाव संकलन गरी पार्टीको घोषणा पत्र तयार गर्ने र सो घोषणा पत्र लिएर आगामी फागुन ४ गते जिल्लाको उमाकुण्ड गाउँपालिकाको प्रितिवाट प्रवेश गरी फागुन १८ गते दोरम्वाको डडुवामा पुगेर चुनावी सभा विर्सजन गर्ने कार्यक्रम तय भएको बताए ।



