गर्मी बढेपछि रामेछापका तीन विद्यालय बन्द

रामेछाप । केहीदिन देखी अत्यधिक गर्मी बढेपछि रामेछापको सदरमुकाम मन्थलीमा रहेका ३ वटा निजी विद्यालयले जेठ मसान्त सम्मका लागि विद्यालयको नियमित पठनपाठन बन्द गराएका छन् ।

गर्मी बढ्दै जाँदा सदरमुकाम मन्थलीको तापक्रम करिब ४० डिग्री सेल्सियस पुगेको र बढ्ने क्रम अझै जारी रहेकाले विद्यालयको पठनपाठन बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागले करिब ७ दिनपछि मनसुनी वर्षा नेपाल भित्रिने अनुमान सार्वजनिक गरेकोले सो अवधिसम्म विद्यालय बन्द गरिएको तामाकोशी आवाशिय स्कुलका प्रधानाध्यापक दीपक खड्काले जानकारी दिए ।

गर्मीका कारण मन्थलीका तामाकोशी आवासिय स्कुल, लिटिल स्टार बोडिङ्ग स्कुल र कर्कलादेवी बोडिङ्ग स्कुल बन्द भएका छन् । जिल्लाका अधिकासं सामुदायिक विद्यालयले भने हालसम्म सार्वजनिक बिदा दिएका छैनन् । यसैगरी गर्मी बढ्दै गयो भने यस बिषयमा विद्यालय व्यवस्थापन सँग सहकार्य गरेर विद्यालय बिदाको बिषयमा छलफल गर्ने मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले जानकारी दिए ।

जिल्लाको दक्षिणी भेगमा पर्ने मन्थली र आसपासको क्षेत्रमा बिहान सूर्योदय भएदेखी बेलुकी सूर्यास्त नभएसम्मै चर्को घाम लाग्ने गरेको छ । करिव तीन हप्ता देखी वर्षात भएको छैन । रामेछापको दक्षिणी भेगमा कम वर्षा हुने र सुख्खा भएका कारण बढी गर्मी भएको स्थानिय बुढापाकाहरु बताउँछन् ।

Scroll to Top