हाप कट्टुमै कार्यालय चलाउँछन्–संघीय खानेपानीका देवकोटा

रामेछाप । सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु सरकारी पोशाकमा होलान् भन्ने आम नागरिकमा बुझाई हुन्छ । तर संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना रामेछापमा कार्यरत कम्प्युटर अपरेटर नेत्र देवकोटा भने हाप कट्टुमै कार्यालय चलाउँदै आएका छन् ।

पछिल्लो समय संघीय खानेपानी आयोजनामा चरम वेथिती बढ्दै गएको छ । आइतवार दिउँसो कार्यालय समयमा सञ्चारकर्मीहरुको टोली उक्त कार्यालयमा पुुग्दा अपरेटर देवकोटा बाहेक कुनै पनि कर्मचारी कार्यालयमा थिएनन् । कार्यालयको सबै कोठामा पंखा घुमिरहेका थिए भने केही कोठामा एसी समेत चलिरहदा सरकारी सम्पतीको चरम दुरुपयोग भएको प्रस्टै देखिन्थ्यो । देवकोटा भने आफ्नै कार्यकक्षमा सरकारी टेलिफोन मार्फत कुनै महिलासँग हौसी हौसी गफिदै थिए । पत्रकारले कार्यालय प्रमुख कता हुनुहुन्छ भनेर उनीसँग सोध्दा जवाफ दिनुको सट्टा उनी आक्रामक शैलीमा मलाई केही थाहा छैन् भन्दै झोकिदै टेलिफोन राखे ।

सरकारले निजामती कर्मचारीलाई पोशाक स्वरुप प्रति व्यक्ति १० हजारका दरले रकम प्रदान गर्दै आएको छ । उक्त रकम बुझेका अपरेटर देवकोटाले भने सरकारी पोशाक समेत लगाउँदैनन् । कार्यालयमा सेवा लिन पुगेका अधिकासं सेवाग्राहीलाई हकारपकार गर्ने गरेका छन् । हामीले उनलाई पटकपटक सम्झाउँदा समेत अटेर गर्दै आएको सो कार्यालयका एक कर्मचारीले आफ्नो नाम नछाप्ने सर्तमा बताए ।

केहीदिन अघि खोक सामुदायिक वनमा लागेको आगलागीबाट दाहालगाउँमा ल्याएको खानेपानीको पाइप जलेपछि उक्त कार्यालयमा पाइप माग गर्न गएका मन्थली नगरपालिका–१ दाहालगाउँका टेकवहादुर भुजेल कार्यालयमा कुनै कर्मचारी नभेटेपछि त्यतिकै खाली हात फर्कन वाध्य भए । संघीय खानेपानी आयोजनामा कार्यालय समयमा समेत कुनै कर्मचारीहरु बस्ने गरेका छैनन् । जसकाकारण सेवा लिन पुगेका सेवाग्राही त्यतीकै फर्कन वाध्य छन् ।

अपरेटर देवकोटा कार्यालय समयमा कार्यालयको काम भन्दा पनि आफ्नो निजी काममा वढी समय खर्चिने गरेका छन् । उनी कार्यालय समयमा छोराछोरी लिन विद्यालय जाने, उनीहरुलाई खेलाउने जस्ता कार्यमा दिन बिताउँदै आएका छन् । उनलाई कार्यालयका अन्य कर्मचारीहरुले यस बिषयमा पटकपटक सम्झाउँदा समेत कर्मचारीको कुरा समेत वेवास्था गर्दै आएका छन् ।

कार्यालयमा कर्मचारी कोही नबस्ने गरेको र भएका कर्मचारीले पनि सेवाग्राहीलाई अभ्रद व्यवहार गर्ने गरेको बिषयमा संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाका प्रमुख राम उद्गार शाहको टेलिफोन नम्वर ९८५४०४०२८५ नम्वरमा पटकपटक टेलिफोन गर्दा उनको मोवाइल स्वीच अफ गरिएका कारण कुनै प्रतिक्रिया लिन सकिएन ।

यता सो कार्यालयका सूचना अधिकारी रंजीत ठाकुरसँग सम्र्पक गर्दा उनले आफुहरु खाजा खान गएको र संञ्चारकर्मीलाई अपरेटर देवकोटाले गरेको क्रियाकलाप गलत भएको बताए । उनले भने– देवकोटा बिदा लिएर बसेका छन् । बिदामा बसेको कर्मचारी कार्यालयमा गएर बस्नु र आउने सेवाग्राहीसँग मुख लगाउनु झनै गलत भएको ठाकुरले बताए ।

संघीय खानेपानी आयोजना कार्यालयमा कर्मचारी नभएको र सेवाग्राहीले दुुःख पाएको बिषयमा तत्काल छानविन गर्ने प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन । उनले भनिन्–कार्यालयमा कुनै कर्मचारी नबस्नु र सरकारी सम्पतीको दुरुपयोगको बिषयमा के भएको हो म बुझ्छु ।

Scroll to Top