नेपाल तरुणदल रामेछापमा ८५ सदस्यीय समिति गठन

रामेछाप । नेपाल नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछापले रिक्त रहेका पदाधिकारी थप गरी ८५ सदस्यीय समिति गठन गरेको छ ।

शनिवार नेपाल तरुण दल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष काजी बहादुर खड्काको अध्यक्षमा बसेको बैठकले रिक्त रहेका पदमा मनोनयन गरेर ८५ सदस्यीय समिति गठन गरेको हो । बिगत केही वर्षअघि देखी समितिमा सदस्य पद रिक्त रहेको र निर्वाचन पछि मनोनयन गर्न बाँकी रहेको सदस्यहरु मनोनयन गरेर समिति विस्तार गरिएको नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार हाल मनोनयन मार्फत उपाध्यक्षमा जीवन बहादुर कार्की, कोषाध्यक्षमा डिपी तामाङ र सहसचिवमा खड्ग बहादुर तामाङलाई समितिमा राखिएको छ । उपाध्यक्षमा मनोनयन भएका कार्की यस अघि सोही समितिको सह–सचिव पदमा रहेका थिए । त्यस्तै सह–सचिव र कोषाध्यक्ष तामाङ पनि सोही समितिको सदस्य पदमा रहेरका व्यक्तिहरु हुन ।

तरुण दलले मनोनयन गर्दा जिल्लाका ८ वटै स्थानिय तहका तरुण युवाहरुलाई समेटेको जनाएको छ । मनोनित हुनेहरुमा मन्थली नगरपालिकावाट कृष्ण पुरी, शुरेश भुजेल, सन्तोष खत्री, शतिश सुवेदी, सुदिप प्रसाई, तिर्थराज गोले, इशवरमान गोले, सुजन माझी, सन्तोषकुमार भट्टराई, प्रकाश भट्टराई, सरोज घिमिरे, दो बहादुर पुलामीमगर, विनोद श्रेष्ठ, विजय लुङगेली र कबि तामाङलाई मनोनित गरिएको हो ।

त्यसैगरी रामेछाप नगरपालिकावाट गंगा तामाङ, देवेन्द्र कार्की, रामकुमार पाण्डे, धनराज खड्का, विजय वराल, चन्द्रबहादुर तामाङ, बद्री श्रेष्ठ, रामकुमार बि.क, डीकबहादुर मगर, रमेश पौडेल र सुजन कार्की छन् । त्यस्तै लिखु तामाकोशी गाउँपालिकाबाट सुनिल कुमार पौडेल, नहकुल तामाङ, उज्वल कडरिया, सागर तामाङ, ऋनिल तामाङ, देवनारायण श्रेष्ठ, सरोज कार्की र सौगात तामाङ रहेका छन् ।

त्यस्तै गोकुलगंगा गाउँपालिकाबाट सुशिल खड्का, मणीराज सुनुवार, बिक्की लामा, अनुज खड्का, धनबहादुर कार्की (अनिश), सुमन थापामगर र सुदिप घिमिरे मनोनितमा परेका छन् । त्यसैगरी उमाकुण्ड गाउँपालिकाबाट उपेन्द्र कार्की, करुनसिंह बराइली, उत्कल भण्डारी र दिनेश भण्डारी परेका छन् । खाँडादेवी गाउँपालिकाबाट अमित लामा, पुण्य सुनुवार, दिनेश कार्की, अमृत के.सी (सफल), सुनिल कुमार तामाङ, प्रज्ञा श्रेष्ठ, सुजन कार्की, सरोज कार्की, दिनेश बुढाथोकी, रामबहादुर श्रेष्ठ (वले) र राजकुमार कार्की मनोनितमा परेमा हुन् ।

त्यसैगरी सुनापति गाउँपालिकावाट तेन्जेन लामा, विकास तिमिल्सिना, जिवन लामा, सबिना मोक्तान, रमन लामा, कुवेर खड्का, निरकुमार तामाङ र प्रवल जर्गामगर छन् भने दोरम्बा शैलुङ गाउँपालिकाबाट शिरफ तेन्जिङ लामा, चेतबहादुर गौतम (दिपु), कर्म नाम्गेल तामाङ (निराजन), सुमन थापामगर, बिजय तामाङ, नवाङसिंह घिसिङ (सागर), जिवन लामा, धनबहादुर मगर, कल्याण खड्का र अम्मर थापामगरलाई मनोनित गरिएको नेपाल तरुण दल रामेछापले जनाएको छ ।

Scroll to Top