आज पनि उच्च पहाडी क्षेत्रमा वर्षा हुने

रामेछाप । स्थानीय वायुको प्रभावका कारण आज बागमती र गण्डकी प्रदेशसहित उच्च पहाडी क्षेत्रमा आज हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको कारण कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

आज दिउँसो देखी पहाडी भूभागमा आंशिकदेखी साधारणतया मौसम बदली हुँदा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातका आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Scroll to Top