आगलागीमा परी १५ लाखको क्षती

रामेछाप । मन्थली नगरपालिका–१ खाँदवारीमा रहेको एक होललमा गएराती भएको आगलागीमा परी १५ लाख मूल्य वरावरको सामाग्री जलेर नष्ट भएको छ ।

रामेछाप नगरपालिका–२ देउराली स्थायी घर भई हाल सदरमुकाम मन्थलीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका गोपाल श्रेष्ठको जस्ताले छाना भएको उक्त होटलमा विजुली सर्ट भएर आगलागी भएको हो । आगलागीवाट नगद एक लाख रुपैयाँ, ६ तोला सुन, कपडा, भाडार्वतन, खाद्यान्न र लत्ताकपडा गरी करिव १५ लाख मूल्य बरावरको सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी सहायक निरीक्षक सुजित पासवानले जानकारी दिए ।

होटलमा अकस्मात लागेको आगो स्थानियहरुले निभाउने प्रयास गरेपनि नियन्त्रणमा आउन नसकेपछि मन्थली नगरपालिकाको दमकल प्रयोग गरेर आगो नियन्त्रणमा आएता पनि होटलभित्र रहेका सम्पूर्ण सामाग्री भने जलेर नष्ट भएको होटल व्यवसायी श्रेष्ठले जानकारी दिए ।

Scroll to Top