राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा–कटुवाल

रामेछाप । रामेछापका ढुकढुकी एवं चर्चित गायक तथा सर्जक प्रकाश कटुवाल राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

काठमाण्डौंमा प्रज्ञा प्रतिष्ठानमा शनिवार भएको संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशनबाट कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् । कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरिएको छ ।

उक्त समितिको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती र उपाध्यक्षमा रमेश दुलाल, कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी नयाँ कार्यसमितिको महासचिवमा विनोद ढकाल, सह–सचिवमा स्मृती गौतम, कोषाध्यक्षमा गोबिन्द गौतम रहेका छन् ।

त्यस्तै संघको प्रबक्तामा सबिन चौहान निर्विरोध निर्वाचित भएको संघका नवनिर्वाचित अध्यक्ष प्रकाश कटुवालले जानकारी दिए । संघले नेपाली गित संगीतको क्षेत्रमा काम गर्दै आएको छ ।

Scroll to Top