रामेछाप । स्रोत नखुलेको १० लाख ६३ हजार रुपैयाँ लिएर हिड्दै गरेको अवस्थामा रामेछापका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले दुई युवाको साथवाट स्रोत नखुलेको १० लाख ६३ हजार नगदसहित काठमाण्डौं महानगरपालिका–१ जय नेपाल हल नजिकवाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका–५ घर भई काठमाडौंको कपन बस्ने २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनील श्रेष्ठ रहेका छन् ।
उनीहरु काठमाण्डौंको हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–५२ प ६९९४ नम्बरको स्कुटरमा सवार थिए । प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथवाट नगद सहित फेला परेको हो । अहिले उनीहरु दुवैजनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अघि वढाएको जनाएको छ ।

Post Views: 54




