रामेछाप । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१÷०८२ मा स्थानीय तहहरूले कार्यसम्पादन गरेको मूल्याङ्कनमा रामेछापका ८ वटा स्थानिय तहहरु मध्ये मन्थली नगरपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

आयोगले १७ वटा सूचकका आधारमा गरेको मूल्याङ्कनमा मन्थली नगरपालिकाले ७५.०७ अंक प्राप्त गरी पहिलो स्थान ओगट्न सफल भएको हो । त्यस्तै आयोगले गरेको मूल्याङ्कनमा रामेछाप नगरपालिका ६६.४४ अंक ल्याएर दोश्रो स्थान ओगटेको छ । यसैगरी उमाकुण्ड गाउँपालिकाले ६३.८३ अंक प्राप्त गरी तेस्रो स्थानमा पर्न सफल भएको छ ।
त्यसैगरी सुनापति गाउँपालिकाले ५९.७९ अंक प्राप्त गरी चौथो स्थानमा परेकोछ भने गोकुलगंगा गाउँपालिकाले ५६.७५ प्राप्त गरी पाँचौ स्थानमा परेको छ । यस्तै खाँडादेवी गाउँपालिकाले ५६.१७ प्राप्त गरी छैटौं स्थानमा परेको छ । यसैगरी लिखु तामाकोशी गाउँपालिकाले ५४.३३ अंक प्राप्त गरी सातौ र दोरम्बा शैलुङ गाउँपालिकाले ५१.७० अंक प्राप्त गरी आठौं स्थानमा परेको हो ।


स्थानीय तहहरूको कार्यसम्पादन, वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन तथा सेवा प्रवाह लगायतका सूचकका आधारमा मूल्याङ्कनको गरिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।




