संघीयताको बिषयमा बहस हुन थाल्यो– मुख्य मन्त्री जमरकटेल

रामेछाप । पछिल्लो समय नागरिक स्तरमा संघीयता चाहिन्छ की चाहिदैन भन्ने बिषयमा बहस पैरवी शुरु हुन थालेको बागमती प्रदेशका मुख्य मन्त्री सालिकराम जमरकटेलले बताएका छन् ।

सो कुरा उनले सोमवार रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन हस्तारन्तण एवं उद्घाटन कार्यक्रममा बताएका हुन् । उनले भने अहिले केहीले प्रदेश खारेजीको समेत कुरा उठाइरहेका छन् । यदी प्रदेश खारेजी हुने हो भने स्थानिय सरकार पनि रहदैन । स्थानिय सरकार पहिला जस्तै गाउँ विकास समिति र वडा कार्यालय जाने हुँदा नागरिकहरुले यस कुरालाई स्वीकार गर्न नसक्ने बताए ।

देश विकास गर्न नागरिकहरुको इच्छा अनुसार स्थानिय तह, प्रदेश सरकार र संघीय सरकार बिच समन्वय हुनुपर्ने भन्दै तीनै तहको सरकारको एकता हुँदा जुनसुकै विकास निमार्णको कामहरु गर्न सकिने बताए । उनले आगामी नयाँ आर्थिक वर्षदेखी ५० लाख भन्दा तलका सबै विकास निमार्णका योजनाहरु स्थानीय निकायवाट नै हुने गरी काम अघि वढाएको पनि मुख्य मन्त्री जमरकटेलले बताए ।

उनले बिगतमा जो जो प्रदेशका मुख्य मन्त्रीहरु भए उनीहरुले आफ्नो गृह जिल्लामा मात्रै बढी वजेट हाल्ने गरेको बताउँदै अव उक्त परिपाटीको आफुले अन्त्य गरेको बताए । अब प्रदेशवाट वितरण हुने वजेट नागरिक मुखि र सबै जिल्लाको मागको सम्वोधन हुने गरी गरिने बताए । प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधारको लागि धेरै कामहरु गरेको बताउँदै अवको शिक्षा व्यवहारिक र प्रयोगात्मक दुवै हुनुपर्ने बताए ।

त्यस्तै मुख्य मन्त्री जमरकटेलले प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि शिक्षा, स्वास्थ्य,कृषि र सडकलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी भइरेको बताए । २०७२ ससालको विनासकारी भुकम्पले मन्थली माध्यमिक विद्यालयको भवनमा क्षती पुर्याएपछि एडिपीको आर्थिक सहयोगमा १५ करोड ८६लाख ४७ हजार ५ सय ५३ रुपैयाँको लागतमा तीनवटा भवन निमार्णको काम सम्पन्न भएको हो । उक्त भवनको जिम्मा खानि निर्माण सेवा प्रालीले पाएको थियो ।

Scroll to Top