आम नागरिक सरह जीवन निर्वाह गर्छु– सुजन

रामेछाप । कुनै समय रमेश बाहुनडनको नाममा चर्चामा आएका रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँका सुजन पौडेल जेल जीवनवाट मुक्त भएसँगै आम नागरिक सरह जीवन निर्वाह गर्ने बताएका छन् ।

विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको भन्दै पटक–पटक प्रहरी हिरासतमा पुगेका बाहुन डन पछिल्लो समय लागु औषध दुव्र्यसनी मुद्धामा जेल परेका थिए । लागु औषध मुद्धामा प्रहरीले वान्टेड सुचीमा राखेपछि उनी नेपालबाट भागेर छिमेकी राष्ट्र भारतको लखनउमा पुगेर बसेका थिए । प्रहरीले उनलाई खोज्दै भारत पुगेको थियो । उनलाई २०७१ साल असार ३ गते भारतको उनाउ र लखनउ जिल्लाको बिच सिमानामा पक्राउ गरी नेपाल ल्याएर प्रहरी हिरासतमा राखेको थियो ।

  नेपाल ल्याएसँगै बाहुनलाई लागु औषध मुद्धामा २०७१ असार ११ गते प्रहरीले काठमाण्डौं जिल्ला सरकारी वकील कार्यालय मार्फत जिल्ला अदालत काठमाण्डौंमा मुद्धा दर्ता गरेको थियो । सोही मुद्धामा उनलाई काठमाण्डौं जिल्ला अदालतले ९ वर्ष कैद फैसला सुनाएपछि उनले कष्टकर कैद जीवन विताएका थिए ।

 लागु औषध दुव्र्यसन मुद्धामा उनले २०८० बैशाख ८ गते सफाई पाएसँगै जेल मुक्त भएका   हुन् । लामो कारागार सुधार गृहमा वसेर निस्किएका सुजन पौडेल अब सामान्य नागरिक सरह जीवन जीउने जानकारी दिए । उनले भने– हिजोको दिनमा जान अन्जानमा जे भयो भयो ? अब त्यो दिन कहिल्यै दोहोर्याउने छैन । अब बाँकी जीवन समाज सेवा र राजनितिक क्षेत्रमा ब्यथीत गर्ने बताए । तर उनले कुन राजनितिक दलमा आवद्ध हुने भन्ने खुलाउन चाहेनन् । धेरै समय वन्दी जीवन बिताएर बाहिर निस्केको छु । अहिले विभिन्न राजनितिक दलका नेताहरुसँग छलफल गर्दैछु । केही समय   पर्खन्छु । त्यसपछि मात्रै कुन दलमा आवद्ध हुने त्यो निर्णयमा पुग्ने पौडेलले बताए ।

उनले भने– म अब कुनै व्यवसायी, उद्योगपति कसैलाई धम्काउने, थर्काउने काम गर्दिन । मेरो नाम कसैले बेचेर व्यवसायीलाई थर्काउने चन्दा असुली गर्ने जस्ता कार्य गरेमा त्यस्ता व्यक्तिलाई राज्यले तत्काल नियन्त्रणमा लिएर कानुन अनुसार कारवाही गरोस् । म राज्यलाई जुनसुकै क्षेत्रमा पनि सहयोग गर्न तयार छु । मेरो नाम लिएर कुनै पनि व्यक्तिले फाइदा नलियोस् ।

  सुजन पौडेल नौ वर्ष अघि नेकपा एमाले रामेछापको जिल्ला कमिटि सदस्य समेत रहेका थिए । उनले केही समय प्रहरीको वान्टेड सूचीमा नै रहेर जिल्लामा भएका एमालेका विभिन्न कार्यक्रममा सरिक भएका थिए । कार्यकर्तासँग अघिअघि कार्यक्रम सकेर बाहुनडन हिडेपछि पछिपछि प्रहरी उनलाई खोज्दै जाने गरेको थियो । यसरी पनि उनले केही समय राजनितिक क्षेत्रमा काम गरे । पछि लागु औषध मुद्धा परेपछि उनी निस्क्रीए बने । उनले भने– धेरै समय पछि बल्ल सफाई पाएको छु । अब म राज्यलाई सहयोग गर्छु, कुनै गलत क्रियाकलापमा लाग्दीन ।

 नौ वर्षपछि केही दिन अघि गृह जिल्ला आइपुगेका पौडेलले जिल्लामा धेरै विकास निमार्णको काम भएको देख्दा खुशी लागेको बताए । उनले भने– अहिले जिल्लामा पूर्वाधारको काम धेरै भएको देख्दा खुशी लागेको बताए । जिल्लाका युवायुवतीहरु रोजगारीमा नपाएर वैदेशिक रोजगारीको लागि जानु पर्ने वाध्यता छ । यसलाई रोक्न सके अझै राम्रो हुने भन्दै आगामी दिनमा युवालाई रोजगारी दिन कृषि, शिक्षा, स्वास्थ्य  क्षेत्रमा युवाहरुलाई लगाउन सके राम्रो हुने बताए ।

Scroll to Top