नोट प्रतिबन्ध लगाउन सांसद पन्तको माग

काठमाण्डौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले ५ सय र १ हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छिन् ।

सो कुरा उनले सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे बोल्दै यस्तो माग गरेकी हुन् । अहिले खस्किएको अर्थतन्त्र उकास्नका लागि सरकारले ५ सय र १ हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेकी हुन् । सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्न सक्ने काम मात्रै उल्लेख गर्न पनि उनले आग्रह गरिन् ।

त्यसैगरी सांसद पन्तले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताइन् । उनले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्ने कुराको खोजी गर्न आवश्यक रहेको समेत बताइन ।

Scroll to Top