रामेछाप । नयाँ वर्ष २०८१ को अवसर पारेर काठमाण्डौं देखी रामेछापको ताँवे डाँडासम्म २२ वटा रोयल इन्फिल्ड बुलेट मोटरसाइकलमा २७ जना युवाहरुले नेपाली झन्डा सहित शुक्रवारवाट यात्रा शुरु गरेका छन् ।
काठमाण्डौंको नेपाल बुलेट हाउसबाट निस्किएका उक्त टोलीलाई अभिनेता निखिल उप्रेतीले एक कार्यक्रमका विच सफलताको शुभकामना सहित बिदाई गरेका छन् । उक्त राइडर्सहरु विपी राजमार्ग हुँदै रामेछापको सदरमुकाम मन्थलीवाट गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको सिमानामा रहेको जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य ताँवे डाँडामा पुग्ने लक्ष्यका साथ हिडेका हुन् ।
यस आयोजनाको मुख्य उद्धेश्य भनेको आन्तरीक पर्यटन प्रबद्र्धन गर्नको यात्रा तय गरिएको नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले जानकारी दिए । उनका अनुसार काठमाण्डौंवाट निस्किएको उक्त टोलीले बैशाख १ गते नयाँ वर्षको दिन ताँवे डाँडामा वनभोज कार्यक्रमको आयाजनामा सहभागी हुने र बैशाख २ गते दोलखाको जिरीमा भइरहेको महोत्सवमा सहभागी भई काठमाण्डौं फर्कने छ ।