रामेछाप । मन्थली नगरपालिका–१ रणजोर खोला नजिकै वुधवार विहान एक पुरुष मृत अवस्थामा शव फेला परेको छ ।

मृतक रामेछाप नगरपालिका–२ देउराली स्थायी घर भई हाल सदरमुकाम मन्थली नगरपालिका १ मा अस्थायी रुपमा बसोवास गर्दै आएका जयवहादुर रैकामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
आज विहान रणजोर खोला नजिक एक पुरुष लडिरहेको अवस्थामा स्थानिय वटुवाहरुले देखेपछि प्रहरीमा खवर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले निज रैकामगर मृत अवस्थामा फेला पारेको हो । मृतकको शव पोष्र्टमार्टको लागि मन्थली अस्पतालमा पठाइएको छ । मृतकले मादक पदार्थ सेवन गरेको र चिसोको कारण लडेकै स्थानमा मृत्यु भएको हुनसक्ने प्रहरीले ठम्याई रहेको छ ।


यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।
Post Views: 119



