रामेछाप । जिल्लाको सुनापति गाउँपालिका–३ हिलेदवी स्थित डोग्माकी एक बृद्ध महिला घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेकी छिन् ।

मृत्यु हुनेमा सुनापति गाउँपालिका–३ हिलेदवी स्थित डोग्माकी ७० बर्षिय साहिली घिसिङ रहेकी छिन् । उनी हिजो दिउँसो घरवाट एक्लै बाहिर निस्किएका थिइन । बेलुकासम्म घर नफर्किएपछि उनका परिवारका सदस्यले उनको खोजी कार्यमा जुटेका थिए ।
गत साँझ स्थानियहरु सोही जंगलको वाटो हुँदै हिड्ने पैदलयात्रीले सो स्थानमा घोप्टो परेर मृत अवस्थामा महिलाको शव देखेपछि इलाका प्रहरी कार्यालय वेथानमा खवर गरेका थिए । स्थानियको खवर सँगै घटनास्थल पुगेको प्रहरीको टोलीले स्थलगत मुचुल्का तयार गरी शव पोष्र्टमार्टमको लागि सदरमुकाम मन्थली पठाएको छनाएको छ ।


उक्त घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेथानका प्रहरी सहायक निरीक्षक शेरवहादुर बराकोटीले जानकारी दिए ।



