रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने इच्छा राख्ने ८ जना उम्मेदवारको नाम नेकपा एमाले रामेछापले केन्द्रमा सिफारिस गरेको छ ।

उम्मेदवारको सिफारिसको लागि पार्टी कार्यालयमा मंगलवार बसेको एमाले रामेछापको वैठकमा ८ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी रहने भन्दै छोड्न नमानेपछि ८ जनाकै नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउने निर्णय गरेको नेकपा एमाले रामेछापका प्रचार तथा प्रकाशन विभागका प्रमुख राकेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि माधवप्रसाद ढुङ्गेल, कैलाशप्रसाद ढुङ्गेल, कमलप्रसाद चौलागाईँ, रत्न गौतम, शान्ति प्रसाद पौडेल, परशुराम बस्नेत, केशर बहादुर बुढाथोकी र गीता कार्कीको नाम सिफारिस गरेको हो । त्यस्तै सोही बैठकले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी यही पौष २५ गतेदेखि माघ ३ गतेसम्म विशेष निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।




