उम्मेदवार सिफारिसमा राप्रपामा सकस,एघारको नाम केन्द्रमा सिफारिस

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेवारको सिफारिस गर्न वुधवार पार्टी कार्यालयमा वसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रामेछापको वैठकले केन्द्रले तोके अनुसार उम्मेदवार सिफारिस गर्न नसकेपछि आकांक्षी एघार उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रिय कार्यालयले प्रतिनिधिसभाको लागि खुल्ला तर्फ एक महिला सहित तीन जना र समानुपातिक तर्फ तीन जनाको नामको टुङ्गो लगाई केन्द्रमा सिफारिस गर्न जिल्ला कार्यसमिति रामेछापलाई पत्राचार गरेको थियो । केन्द्रको पत्र अनुसार बुधवार सदरमुकाम मन्थलीमा रहेको राप्रपा पार्टी कार्यालयमा वसेको कार्य समितिको वैठकमा उम्मेदवार वन्ने आकांक्षी धेरै भएकाले पदाधिकारीलाई उम्मेदवारको नाम सिफारिस गर्न समस्या परेको हो ।

फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवार वन्न चाहना राख्ने पार्टीका नेता आङ्गनिमा शेर्पा, मणिराज तामाङ, शिवजी घिमिरे, सिताराम ढकाल, केन्द्र ढुङ्गेल, शान्ता भुजेल र लालबहादुर घिसिङ गरी सात जनाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी समानुपातिक तर्फ आकांक्षी नेता आङछिरिङ्ग लामा सरस्वती श्रेष्ठ, भरत सिं वाइबा र गोरे तामाङ गरी चार जना गरी एघार जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष शिवजी घिमिरेले जानकारी दिए ।

Scroll to Top