तोकिएकै समयमा निर्वाचन हुन्छ– मन्त्री घिसिङ

रामेछाप । शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाई तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् ।

सो कुरा उनले आज रामेछापको सदरमुकाम मन्थलीमा सरोकार निकायका पदाधिकारीहरु बिच बताएका हुन् । उनले केहीले फागुन २१ मा निर्वाचन हुन सक्दैन की भन्ने अडकाल वाजी गरेका छन् । तर त्यसो हुँदैन सरकारले तोकेको समयमा नै निर्वाचन गराउँछ । त्यस्तै उनले विकास निमार्णका काम समयमा सक्न स्थानिय तह, प्रदेश र संघीय सरकार बिच समन्वय अपरिहार्य रहेको बताएका छन् । उनले पहिला अर्थ मन्त्रालयले एक अर्ब भन्दा माथीका आयोजनाहरु रोकेर राखेकोमा त्यसलाई तत्काल फुकुवाको लागि प्रक्रिया अघि वढाएको बताए ।

उनका अनुसार हालसम्म यसअघि रोकिएका करिव ४० अर्व जतिका योजनाहरु फुकुवा भइसकेका छन् भने अन्य योजनाहरुको पनि फुकुवा हुने कार्य अघि वढेको जानकारी दिए । मन्त्री भएपछि पहिलो पटक सदरमुकाम मन्थली आइपुगेका मन्त्री घिसिङले अर्थ मन्त्रालयले वजेट रोक्का गरेपछि रोकिएका रामेछापका अधिकासं आयोजनाहरुको वजेट फुकुवाको लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकेकाले वजेट निकासा हुनासाथ चाडै कार्यान्वयनमा आउने पनि वताए ।

उनले भने– रोकिएका वजेट तत्काल जिल्लामा आउँछ । वजेट प्राप्त भएको भोलिपल्टै सम्वन्धित कार्यालयले टेण्डर आव्हान गरी काम अघि वढाउन सम्वन्धित निकायका प्रमुखहरुलाई निर्देशन समेत दिए । उनले अहिलेको सरकार काम गर्न आएकाले जसरी हुन्छ चाडो नागरिकलाई सेवा प्रदान गर्न गम्भिर हुनुपर्ने बताए ।

त्यस्तै मन्त्री घिसिङले आफु विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा विद्युत क्षेत्रमा उल्लेखनीय काम गरेको बताए । आफ्नो पालामा शुरु गरेको हाई मास्ड लाइट र स्ट्रिट लाइटको माग धेरै स्थानिय तहहरुवाट आइरहेको भएता पनि अहिले उक्त कार्यक्रम रोकिएको जानकारी दिए । उनले उज्यालो, सहरी सुन्दरताको लागि पनि यस कार्यक्रम अति महत्वपूर्ण भएकाले यसलाई निरन्तरता दिन पनि आफुले सोच बनाएको बताए ।

गृह जिल्ला रामेछापमा आफ्नो पार्टी उज्यालो नेपालको प्रथम भेलालाई सम्वोधन गर्न स्थलमार्ग हुँदै आज दिउँसो सदरमुकाम मन्थली आइपुगेका मन्त्री घिसिङले सम्वोधनका क्रममा पार्टीको जन्म भएको एक महिनामा सानो सलाईको झिल्को जसरी देरभर फैलिएको बताए । उनले उज्यालो नेपाल पार्टी अवको दुई महिनाभित्र बहुमत सहित सरकारमा पुग्ने लक्ष्यका साथ अघि वढेको बताए ।

यसैबिच उज्यालो नेपाल पार्टीको रामेछापमा भएको प्रथम भेलाले अन्जन लामा को संयोजक्वमा नयाँ समिति चयन गरेको छ । जसको सचिवमा राजकुमार मैनाली रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा भिम बहादुर लामा, अमृत रुम्बा, विक्रम तामाङ, तिलक बहादुर तामाङ, जयराम घिसिङ र मान बहादुर तामाङ लगाएत २३ जना रहेका छन् । संयोजक बनेका लामा माओवादी केन्द्रका नेता थिए भने सचिव बनेका राजकुमार मैनाली नेकपा एमाले निकट युवा संघका जिल्ला नेता थिए ।

Scroll to Top