बसको ढोकावाट खस्दा एक यात्रु घाइते

रामेछाप । गुडिरहेको यात्रु बाहक वसको ढोकावाट खस्दा रामेछापमा एक यात्रु सख्त घाइते भएका छन् ।

काठमाण्डौंवाट सोमवार दिउँसो यात्रु लिएर रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ दुरागाउँ तर्फ जादै गरेको बा.प्र.०१–००५ ख ९९२९ नम्वरको पूर्व अरनिको यातायात सेवा समितिको वसमा यात्रा गर्दै आफ्नो घरतर्फ गएका लिखु तामाकोशी गाउँपालिका–५ विजुलीकोटका अन्दाजी ५२ वर्षिय चित्रवहादुर मगर अचानक मन्थली नगरपालिका वडा न‌ २ स्थित कठजाेरकाे भित्रि सडकमा बसको ढोकावाट भुईमा खस्दा घाइते हुन पुगेका हुन् ।

घाइते मगरको तत्काल घटनास्थलवाट स्थानियहरुले उद्धार गरी उपचारको लागि सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पताल मन्थलीमा ल्याइएको थियो । सो अस्पतालमा उनको उपचार सम्भव नभएपछि गएराती नै थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पतालमा रेफर गरिएको छ । घाइते मगरको ढाड र शरिरको भित्री भागमा चोट रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top