रामेछाप । मन्थली नगरपालिका–१३ फुलासीको मिल्तीवाट वडा नं १४ को पोखरीडाँडा तर्फ जादै गरेको बा ४ ख ७५३७ नम्बरको ट्रक मंगलावार दिउँसो दुर्घटनामा परेको छ ।

उक्त ट्रक दुर्घटनामा परी सो ट्रकमा सवार चालक सहित तीन जना घाइते भएका छन् । घाइते तिनै जनाको स्थानियहरुले घटनास्थलवाट उद्धार गरी उपचारको लागि सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पताल तर्फ पठाइएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानियहरुले सडकमा पल्टीएको ट्रक हटाएर सडक खुलाउने काम भइरहेको प्रहरी चौकी पोखरी डाँडाले जनाएको छ ।
ट्रक दुर्घटनामा तीनै जना घाइतेको अवस्था मध्यम रहेको छ । घटना कसरी भयो भन्ने बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post Views: 59




