मन्थली सामुदायिक खानेपानीका निर्वाचित पदाधिकारीले लिए सफत

रामेछाप । सदरमुकाम मन्थलीमा रहेको मन्थली सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २३ औं साधारणसभा तथा ८ औं अधिवेशनवाट निर्वाचित पदाधिकारीहरुले आइतवार सफत लिएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई समितिको कार्यालयमा निर्वाचन समितिका संयोजक लक्ष्मण भुजेलले सफत खुवाएका हुन् । सफत पछि सो समितिका अध्यक्षको अध्यक्षतामा पहिलो वैठक समेत वसेको छ । उक्त वैठकले यसअघि धारा जडान गरेका उपभोक्ताको मृत्यु भएमा एकाघरभित्रका सदस्यको नाममा धारा नामसारी गर्दा निःशुल्क सार्ने निर्णय गरेको छ । यसअघि धाराधनीको मृत्यु भएमा अन्य सदस्यको नाममा धारा नामसारी गर्दा ५ सय रुपैयाँ लिइदै आएको थियो ।

सोही समयमा समितिका कर्मचारीहरुले नयाँ आगन्तुक पदाधिकारीलाई कार्यालयमा स्वागत गरेका थिए । संस्थाको शनिवार मन्थलीमा भएको ८ औं अधिवेशनले यसअघिका अध्यक्ष पूर्णवहादुर सुवेदीको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको हो । जसको उपाध्यक्षमा यमवहादुर बुढाथोकी, महासचिवमा ढाकल वहादुर थापा, सचिवमा शान्ता न्यौपाने (सुवेदी), कोषाध्यक्षमा कुमार घिमिरे चयन भएका छन् ।

त्यसैगरी समितिको लेखा संयोजकमा दीपक दाहाल र सदस्यहरुमा रामचन्द्र अधिकारी र निलराज जैसी निर्वाचित भएका छन् । त्यस्तै समितिको अन्य सदस्यहरुमा एरिया नं १ वाट दिनेश सुवेदी, एरिया नं २ वाट दामोदर प्रसाद घिमिरे, एरिया नं ३ वाट डेकवहादुर श्रेष्ठ, एरिया नं ४ वाट दीपक भट्ट, एरिया नं ५ वाट श्यामकुमार श्रेष्ठ, एरिया नं ६ वाट शंकरवहादुर थापा र एरिया नं ७ वाट रामकुमार श्रेष्ठ निर्वाचित भएका छन् । जसमा एरिया नं १ मा निर्वाचन भएको थियो भने अन्य सवै पदहरुमा निर्विरोध भएको थियो ।

त्यस्तै समितिको महिला सदस्यहरुमा क्रमशः कबिता श्रेष्ठ, बिनता काफ्ले र रिता ढुंगेल निर्विरोध निर्वाचित भएका छन् । संस्थाका अध्यक्ष पूर्णवहादुर सुवेदीको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रमको प्रमुख अतिथि रामेछापका प्रतिनिधिसभा सदस्य एवं पूर्व राज्य मन्त्री कान्छाराम तामाङको प्रमुख आतिथ्यतामा भएको थियो ।

Scroll to Top