बलेरोले मोटरसाइकललाई दियो ठक्कर,एक घाइते

रामेछाप । सदरमुकाम मन्थलीवाट रामेछापडाँडा तर्फ गइरहेको वलेरो गाडीले विपरीत दिशातर्फवाट आउँदै गरेको मोटरसाइकललाई रामेछाप नगरपालिका–८ थुम्की चोकमा ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका छन् ।

वुधवार दिउँसो मन्थलीवाट रामेछाप तर्फ गइरहेको बा.प्र.०१–०३१ च ५०७५ नम्वरको वलेरोले विपरीत दिशातर्फवाट आउँदै गरेको बा.प्र.०२–०४५ प ५५५२ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक रामेछाप नगरपालिका–९ रामेछाप भिरपानीका २७ वर्षिय गिरीराज शाही खड्की घाइते भएका हुन् ।

घाइते खड्कीको दाहिने खुट्टामा चोट लागेको छ । उनको घटनास्थलवाट स्थानियले तत्काल उद्धार गरी उपचारको लागि रामेछाप अस्पतालमा उपचार भइरहेको छ । घटनापछि गाडी चालक रामेछाप नगरपालिका–६ च्यास्कुका २८ वर्षिय तिलक कुमार तामाङ घाइतेको उपचारमा आफै खटिरहेको प्रहरी चौकी रामेछापडाँडाले जनाएको छ ।

Scroll to Top