खाँडादेवीका सिमान्तकृत थामी महिलाले पाए बाख्रा

रामेछाप । महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत खाँडादेवी गाउँपालिकाले वडा नं ७ बसेरीमा बसोबास गर्दै आएका सिमान्तकृत थामी महिलाहरुलाई बाख्रा वितरण गरिएको छ ।

पालिकाले सिमान्तकृत थामी समुदायका महिलाहरुको आर्थिक स्तर बृद्धी गर्न सहयोग पुगोस् भन्ने हेतुले पहिलो पटक २९ घरधुरीका महिलाहरुलाई प्रत्येक धुरी १÷१ वटाका दरले २९ वटा बाख्रा वितरण गरिएको खाँडादेवी गाउँपालिकाकी उपाधयक्ष रमा घिसिङले जानकारी दिइन ।

उनले भनिन्– पालिकामा रहेका अति सिमान्तकृत थामी समुदाय आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । उनीहरुको आर्थिक स्तर बृद्धि गर्न गाउँपालिकाले यसपटक बाखा वितरण गरिएको र आगामी वर्षहरुमा पनि योजना बनाएर विभिन्न कार्यक्रमहरु संचालन गरिने उपाध्यक्ष घिसिङले बताइन ।

Scroll to Top