गुडिरहेको स्कुटर र मृग एकआपसमा ठोक्किए

रामेछाप । गुडिरहेको स्कुटरँग मृग ठोक्किदा मन्थली नगरपालिका–१ मच्छेडाँडीमा स्कुटरमा सवार दुईजना घाइते भएका छन् भने मृग घटनास्थलमै मरेको छ ।

सोमवार विहान मच्छेडाँडीवाट मन्थली तर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर सडकमा गुड्दै गर्दा जंगलवाट निस्किएका मृग अकस्मात एकआपसमा ठोक्किदा मोटरसाइकल चालक रामेछाप नगरपालिका–८ सल्लेका १८ वर्षीय चालक सञ्जीव तामाङ र उनका छोरा वर्ष १० का जेसिस तामाङ घाइते भएका छन् भने मृग मरेको छ ।

घटनापछि चालकले प्रहरीमा खबर गरेपछि तत्कालै घटनास्थल पुगेको प्रहरीको टोलीले घाइतेको उद्धार गरी मन्थली अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । घाइते मध्ये चालकको अवस्था सामान्य भएपनि उनका छोरा जेसिसको पेट र टाउकोमा चोट लागेका कारण थप उपचारको लागि सोमवार दिउँसो काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए । अहिले प्रहरीले घटनाको बिषयमा अनुसन्धान जारी राखेको जनाएको छ ।

Scroll to Top