प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतलाई मस्ती–नागरिकलाई सास्ती

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख प्रकाशसकिय अधिकृत हरिपप्रसाद चापागाइ, लेखा अधिकृत बिजय लुइटेल सहितको जम्वो टोली यतिखेर पूर्वी जिल्लाको भ्रमणमा मस्त रमाउँदै गर्दा मन्थली नगरपालिकामा सेवा लिन जाने सेवाग्राहीहरु भने मारमा परेका छन् ।

चारदिन देखी योजना सम्झौता, भुक्तानीका कामहरु हुन सकेका छैनन् । मन्थली नगरपालिकाले भने अहिले खासै योजनाको सम्झौताको काम नभएको र भुक्तानी पनि धेरै गरिहाल्नु नपर्ने भएकाले प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत सहितको टोलीले बाहिरी जिल्ला भ्रमणमा निस्किएको एक कर्मचारीले बताए । उनले भने– अहिले योजना सम्झौता र भुक्तानी दुवै काम हुन सकेको छैन् । योजना सम्झौता गर्न कार्यालय पुगेका सेवाग्राहीहरु त्यतिकै फर्कनु परेको एक सेवाग्राहीले बताए ।

चारदिन अघि मन्थली नगरपालिकाका उप–प्रमुख ईश्वरी वस्नेतको नेतृत्वमा २५ जना कार्यपालिकाका सदस्य र प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत सहित अन्य ५ जना कर्मचारीहरु कार्यालयको काम छाडेर पुर्वी जिल्ला भ्रमणमा निस्कीएका हुन् । मन्थली नगरपालिका र हेफर (पहाडी समाज कल्याण केन्द्र) बिच कृषि र पशुपालन क्षेत्रमा काम गर्ने गरी केही समय अघी मात्रै १ करोड १० लाख रुपैयाँमा सम्झौता भएको थियो ।

किसानहरुलाई प्रत्यक्ष लाभ हुने किसिमले कार्यक्रम गर्नुपर्नेमा हेफर (पहाडी समाज कल्याण केन्द्र) रामेछापले उक्त रकम सक्न मन्थलीका सिङ्गाे कार्यपालिका टिमलाई लिएर इलामको भ्रमणमा निस्किएको हो । कृषि र पशुपालन क्षेत्रमा काम गर्ने गरी नगरपालिकाको ८० लाख र हेफर परियोजनाको ३० लाख गरी कुल १ करोड १० लाख रुपैयामा उक्त कार्यक्रम मन्थलीमा शुरुवात गरिएको हो ।

दुईपक्ष विच कार्यक्रम सम्झौता भएपछि गाउँतहमा गएर कृषि र पशुपालन गर्ने किसानहरुको समस्या बुझेर उनीहरुलाई आवश्यक अनुदान, तालीम, औजार उपकरण सहयोग गर्नुको सट्टा कार्यपालिका र कर्मचारीको टिमलाई लिएर तालीम र गोष्ठिको नाममा रकम सक्न जम्वो टोली इलाम तर्फ निस्किएको हो । कार्यपालिका र कर्मचारीको टिममा कुनै पनि किसान परेका छैनन् । खासमा कार्यक्रम ३ दिनको भनिएता पनि यतायता घुमफिर गर्दा केही दिन लम्बीन सक्ने मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिए ।

उनले भने– मन्थली नगरपालिका र हेफर परियोजनाको सयुक्त लगानीमा कृषि पशुपालन क्षेत्रमा काम गर्न लागेकाले परियोजना शुरु भएको इलाममा के कस्तो रहेछ हेर्न र छलफल, अन्र्तक्रिया कार्यक्रम गर्न साथीहरु जानु भएको छ । त्यहाँको कार्यक्रमको अवस्था हेरेर हाम्रो पालिकामा पनि के कसरी काम गर्न सकिने रहेछ त्यहाँको मोडल हेरेर यहाँ लागु गरिने बुढाथोकीले बताए ।

इलाम भ्रमणमा निस्किएको टोलीले इलाममा गोष्ठि संचालन गर्ने र आसपासका मन्दीर, तालतलाउ, देवीदेवताका मन्दीर दर्शन, इलामको कन्यामा भएको चिया वगान घुमफिर गरेर दार्जलिङ्ग र सिक्किम सम्मको यात्रा सकेर मात्रै मन्थली फर्किने कार्यक्रममा सहभागी एक कर्मचारीले जानकारी दिए । उनले भने– बल्लबल्ल घुम्न निस्एिका छौं । धीत मरुन्जेल घुमेर आउँछौ ।

Scroll to Top