उड्ने वित्तिकै समिट एयरको जहाजमा प्राविधिक समस्या

रामेछाप–१५ चैत्र ।
रामेछाप । शुुक्रवार विहान १५ जना यात्रुु लिएर रामेछाप विमानस्थलवाट लुुक्लाको लागि उडेको आई एन ए के जेड कलसाइनको समिट एयरको विमान उड्ने वित्तिकै प्राविधिक समस्या देखिएपछि पुनः रामेछाप विमानस्थलमानै अवतरण गराईएको छ ।

विमानले धावनमार्गबाट उचाई लिने क्रममा विमानको ईन्डिकेटरमा समस्या देखिएको थियो । जहाजमा समस्या देखिएपछि विमान चालकले तत्काल जहाज रामेछाप विमानस्थलमा नै फर्काएर अवतरण गराएका थिए ।

विमान अवतरण पछि रामेछाप विमानस्थलमा रहेका प्राविधिक इन्जिनियरहरुले विमानको परीक्षण गरी परीक्षण उडानको लागि उक्त विमान रामेछापबाट काठमाण्डौं पठाइएको र काठमाण्डौंवाट फर्किएपछि नियमित उडान भर्ने तालिका रहेको रामेछाप नागरिक उड्यन कार्यालयका प्रमुख हिरण शाहले जानकारी दिए ।

Scroll to Top