
रामेछाप–२२ चैत्र ।
रामेछाप । सोलुखुम्वु स्थित लुक्लाको मौसम खरावीका कारण बिहिवार विहान देखी रामेछाप–लुक्ला उडान ठप्प भएपछि रामेछाप विमानस्थलमा ५ सय भन्दा बढी पर्यटकहरु मन्थलीमा रोकिएका छन् ।

सगरमाथा घुम्न आएका विदेशी पर्यटकहरु लुक्लाको मौसम खरावी पछि रामेछापको सदरमुकाम मन्थलीमा रहेको विमानस्थलमा रोकिएका हुन् । विहिवार विहान रामेछाप विमानस्थलवाट विभिन्न निजी हवाई कम्पनीहरुले पाँच वटा उडान भरेका थिए । उडान हुँदाहुँदै एकाएक लुक्लाको मौसम खराव भएपछि उडान बन्द भएको र लुक्लाको मौसम अझै नखुलेकाले शुक्रवार बिहान एक उडान भएको र त्यसपछि कुनै उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण रामेछापका एटिसी संजय श्रेष्ठले जानकारी दिए ।

मौसम खरावीका कारण जहाज उडान हुन नसकेपछि केही पर्यटकहरुले हेलिकोप्टर चार्टर गरी लुक्ला उडेका छन् । विहिवार ९३ जना पर्यटक हवाईजहाज मार्पmत र हेलिकोप्टर मार्फत ४५ जना लुक्ला र ४७ जना यात्रु फाप्लुु विमानस्थल गएका थिए । आज पनि मौसम नखुुलेपछि हेलिकोप्टर चार्टर गरेर पर्यटकहरु लुक्ला र फाप्लुु गइरहेका छन् भने केही पर्यटकहरु सडक मार्ग हुँदै गाडी रिर्जभ गरेर फाप्लु तर्फ लागेका नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

काठमाण्डौंको विमानस्थलमा वढी चाप भएपछि नागरिक उड्डयन मन्त्रालयले सोलुु तर्फ जाने जहाज रामेछापको विमानस्थलवाट उडान भर्ने गरी व्यस्थापन गरेको छ । जस अनुसार सोलु जाने पर्यटकहरु राजधानीमा रहेका विभिन्न ट्राभल एजेन्सि मार्फत सवारीसाधनमा विपी राजमार्ग हुँदै रामेछाप विमानस्थल आइपुुग्ने गरेका छन् । स्थलमार्ग हुँदै रामेछाप आएका पर्यटकहरु रामेछाप विमानस्थलवाट हवाईजहाज मार्फत सिधै लुक्ला जाने गरेका छन् ।
पर्यटकहरु सोलुु घुम्न आउने समयमा रामेछाप विमानस्थलवाट (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज देखी मङ्सिरको १५ गतेसम्म तिन निजी वायु कम्पनीहरु तारा, समिट र सिता यएरलाइन्सहरुले पर्यटकहरुलाई सेवा दिदै आएका छन् ।