रामेछाप विमानस्थलमा रोकिएका पर्यटक सोलुको फाप्लु पुगे

रामेछाप–२३ चैत्र ।
रामेछाप । सोलुखुम्वु स्थित लुक्लाको मौसम खरावीका कारण बिहिवार देखी रामेछापमा विमानस्थलमा रोकिएका सवै पर्यटक सोलु पुगेका छन् ।

मौसम खरावीका कारण रामेछाप विमानस्थलमा रोकिएका १ सय ४० यात्रु शनिवार सोलुुको लुक्लाको मौसम खरावी भएका कारण उक्त विमानस्थलमा विमान जान नसकेपछि सोलुको अर्को विमानस्थल फाप्लु पुगेका छन् । लुक्ला विमानस्थलमा मौसम खरावीका कारण जहाज जान नकसेपछि यात्रुहरु फाप्लु विमास्थलमा झरेर स्थलमार्ग हुँदै सगरमाथा पुग्ने छन् ।

सगरमाथा घुम्न आएका विदेशी पर्यटकहरु लुक्लाको मौसम खरावी पछि ५ सय पर्यटकहरु रामेछापको सदरमुकाम मन्थलीमा रहेको विमानस्थलमा रोकिएका थिए । विहिवार विहान रामेछाप विमानस्थलवाट विभिन्न निजी हवाई कम्पनीहरुले पाँच वटा उडान भरेका थिए । शुक्रवार बिहान एक उडान भएपछि पुनः मौसम खरावीका कारण उडान बन्द भएको थियो ।

शुक्रवार दिउँसो करिव २ वजेपछि लुक्लाको मौसम खुलेपछि जहाजले ७ उडानबाट १ सय १० जना यात्रु लुक्ला पुुगेका थिए । त्यसैगरी हेलिकोप्टरको ५० उडानबाट २ सय ५० जना यात्रु सोलु पुगेका थिए भने १ सय ४० यात्रु रामेछाप विमानस्थलमा नै रोकिएका र ती सवै पर्यटक आज सोलु पुगेका उड्डयन प्राधिकरण रामेछापका एटिसी संजय श्रेष्ठले जानकारी दिए ।

काठमाण्डौंको विमानस्थलमा वढी चाप भएपछि नागरिक उड्डयन मन्त्रालयले सोलुु तर्फ जाने जहाज रामेछापको विमानस्थलवाट उडान भर्ने गरी व्यस्थापन गरेको छ । जस अनुसार सोलु जाने पर्यटकहरु राजधानीमा रहेका विभिन्न ट्राभल एजेन्सि मार्फत सवारीसाधनमा विपी राजमार्ग हुँदै रामेछाप विमानस्थल आइपुग्ने गरेका छन् । स्थलमार्ग हुँदै रामेछाप आएका पर्यटकहरु रामेछाप विमानस्थलवाट हवाईजहाज मार्फत सिधै लुक्ला जाने गरेका छन् ।

पर्यटकहरु सोलु घुम्न आउने समयमा रामेछाप विमानस्थलवाट (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज देखी मङ्सिरको १५ गतेसम्म तिन निजी वायु कम्पनीहरु तारा, समिट र सिता यएरलाइन्सहरुले पर्यटकहरुलाई सेवा दिदै आएका छन् ।

Scroll to Top