रामेछाप । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा युवा व्यवसायी सुरेश उदास निर्विरोध निर्वाचित भएका छन् ।

सदरदुमकाम मन्थलीमा शुक्रवार भएको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनले उदासको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उक्त नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रुद्रकुमार श्रेष्ठ, महिला उपाध्यक्षमा निरा तामाङ, सचिवमा जयराम मानन्धर, उपसचिवमा विष्णु कडरिया र लक्ष्मी ढुंगेल, कोषाध्यक्षमा सरोज लामा तथा सह–कोषाध्यक्षमा मोहन कार्की निर्वाचित भएका हुन् ।
त्यसैगरी उक्त समितिको सदस्यहरूमा क्रमशः देवचन्द्र कठायत, पुरुषोत्तम बस्नेत, पर्वत विक, सुवास फुयाँल, शम्भु विक, कृष्ण लगुन्, देवी बुढाथोकी, अश्विन बोहरा, अर्जनु खत्री, माधव आरण र चेतमान तोलाङ्गे निर्वाचित भएका हुन । उक्त कार्यक्रम वाग्मती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष पवन कठायतको अध्यक्षतामा भएको थियो ।




