कारागार रामेछापमा थुनुवासँग पैसा असुली, थुनुवा बन्दी नै असुरक्षित

रामेछाप । रामेछाप कारागार कार्यालयमा कैद जीवन भुक्तान गर्दै आएका थुनुवा कैदीवन्दीसँग चौकीदारले मनलाग्दी रकम असुली गर्दा थुनुवा बन्दी असुरक्षित बन्दै गएका छन् ।

कारागारमा कैद भुक्तान गर्दै आएका जघन्य अपराध अपहरण तथा कर्तव्य ज्यान मुद्धाका प्रतिवादी शरणकुमार राईले थुनुवा कैदीवन्दीसँग म कारागारको चौकीदार हुँ भन्दै थुनुवा कैदीवन्दीलाई डर, धाक र त्रास देखाउँदै जर्वजस्ती पैसा असुली गर्ने गरेको गुनासो कैदीवन्दीहरुले गरेका छन् । यसअघि कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय रामेछापले आर्थिक वर्ष २०८२÷८३ को लागि कारागारको चौकीदारमा जर्वजस्ती करणीका प्रतिवादी ओम विकलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

उक्त निर्णयलाई वेवास्था गर्र्दै कारागारका प्रमुख अरुण तिमल्सिनाले लाखौं आर्थिक लेनदेन गर्दै कारागारको चौकीदार विकलाई हटाई मौखिक रुपमा नाइके समेत नभएका थुुनुवा राईलाई आउटडोरको सुविधा दिएपछि रामेछाप कारागारमा कैद जीवन व्यथीत गर्दै आएका कैदीवन्दीहरु असुरक्षित बनेको उनीहरुको गुनासो रहेको छ । कारागार प्रशासनले कानुनत नाइके समेत नभएका व्यक्तिलाई आउटडोरको सुविधा प्रदान गर्न मिल्दैन भने चौकीदारको जिम्मेवारी समेत दिन मिल्दैन । कानुन विपरीत कारागार प्रशासन र प्रमुख जेलरको मिलेमतोमा उक्त कार्य हुँदै आएको आरोपा थुनुवा कैदीवन्दीहरुको रहेको छ ।

हाल चौकीदारको रुपमा जिम्मेवारी लिएका कर्तव्य ज्यान मुद्धाका प्रतिवादी शरण कुमार राइले कैदीवन्दीलाई मानसिक यातना दिने, सरकारले पठाएको सेवासुविधा समयमा नदिने, थुनुवा कैदीवन्दीले राखेको गुनासो सुनुवाई नै नगर्नेजस्ता कार्यहरु गर्दै आएका छन् । चौकीदारको काम गर्दै आएका राईले कैदीवन्दीहरुलाई केही परे आफु चौकीदार नभएकाले सवै दोष चौकीदार विकलाई पर्ने भन्दै कैदीवन्दीसँग रकम माग गर्ने गरेको आरोप समेत कैदीवन्दीहरुले गरेका छन् ।

मौखिक रुपमा चौकीदारको रुपमा काम गर्दै आएका शरणकुमार राई लाई तत्काल हटाएर पुनः पहिलेकै चौकीदार ओम विकलाई नै काम गर्न दिनुपर्ने र कानुन विपरित कार्य गर्ने जेलरलाई कार्वाही हुनुपर्ने माग राखेर थुनुवा कैदीवन्दीहरुले प्रधानमन्त्री, गृह मन्त्री र अन्य निकायलाई वोद्यार्थ दिएर उजुरी समेत पेश गरेका छन् । कारागारका थुनुवा कैदीवन्दीसँग रकम असुली गरेको र आफु विरुद्ध उजुरी परेको सूचना आफुले थाहा नपाएको कारागार कार्यालय रामेछापका प्रमुख अरुण तिमल्सिनाले बताए ।

उनले भने– म यस कार्यालयमा हाजिर भएको जम्माजम्मी दुई महिना भयो । म आउनु भन्दा अगाडी नै चौकीदार विकलाई हटाएर राईलाई मौखिक काम गर्ने गरी जिम्मेवारी दिएको रहेछ । अब यो आर्थिक वर्षमा म केही गर्न सक्दिन् । नयाँ आर्थिक वर्ष लाग्नासाथ चौकीदार फेर्छु ।

Scroll to Top